क्लिक इन्टरनेशनल मिडिया कप फुटसल-२०८० काे उपाधि राज्य टेलिभिजनले प्राप्त गरेकाे छ । बुद्ध सञ्चार ग्रुपद्वारा सञ्चालित लुम्बिनी अपडेट्सले आयाेजना गरेकाे पहिलाे क्लिक इन्टरनेशनल मिडिया कप फुटसल प्रतियाेगिताकाे फाईनल खेलमा गर्जनलाई शुन्यका बिरुद्ध ५ गाेल गर्दै राज्य टिभिले उपाधि हात पारेकाे हाे ।
प्रतियाेगितामा विजेता राज्य टिभिले ३० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेकाे छ । उपविजेतामा समेटिएकाे गर्जनपाेष्टले २० हजार रुपैंया नगर पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
उपाधि विजेता राज्यले ग्लाेवल आवाज र गर्जनपाेष्टले बुटवल टुडेलाई हराउदै फाईनलमा प्रवेश गरेका थिए । प्रतियाेगितामा उत्कृष्ट खेलाडि, अत्यधिक गाेलकर्ता र उत्कृष्ट गाेल रक्षक क्रमश: गर्जजका शिव डुम्रे, राज्यका पालबहादुर साेमै र राज्यकै बिकाश गाैतमलाई जनही ३ हजार रुपैंया प्रदान गरिएकाे छ । प्रतियाेगितामा ८ टिम सहभागी थिए ।
त्यस्तै खेलकुद पत्रकार मञ्च रुपन्देही र इक्यान रुपन्देही विच मैत्रीपूर्ण फुटसल खेल भएकाे छ । मैत्रीपूर्ण खेलमा १ का विरुद्ध २ गाे गर्दै इ-क्यान विजयी भएकाे छ । विजयी इ-क्यानलाई १० हजार रुपैया नगद पुरस्कार प्रदान गरिएकाे छ ।