बुटवल उ.वा.संघमा औषधि बस्तुगत समिति गठन

1.3K

बुटवल उ.वा.संघमा औषधि बस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा औषधि वस्तुगत समिति गठन गरिएको छ । संघका बस्तुगत सदस्यहरुको बुधबार भएको भेलाले पुनः एकदेव बस्यालको सभापतित्वमा नयाँ समिति गठन गरिएको हो ।
उक्त बस्तुगत समितिको उपसभापतिमा दीप खनाल, सचिवमा दीपक अधिकारी र कोषाध्यक्षमा किशोर पोखरेललाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा भोजराज ज्ञवाली, लेखनाथ न्यौपाने, मधु गौतम, रमेश पाण्डे, गोविन्द पाण्डे र लक्षु भण्डारीलाई चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले उद्योगी व्यवसायीहरुको हकहित तथा उनीहरुका समस्या समाधानका लागि पहल तथा पैरवी गर्नको लागि संघको स्थापना भएको र व्यवसायको प्रकृति अनुसार समस्या पनि फरक फरक हुने भएकाले बस्तुगत समितिले त्यस्ता समस्याहरुको पहिचान गरेर सुझाव दिन आग्रह गर्नुभयो ।
संघका कार्यसमिति सदस्य उक्त बस्तुगत समितिका समन्वयकर्ता टिकाराम वञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, सचिव प्रतिक पोखरेल, औषधि व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्गबहादुर बस्नेत लगायतको भनाई राख्नुभएको थियो ।