उजिरसिंहकाे हीरक जयन्ती समापन

1.3K

उजिरसिंहकाे हीरक जयन्ती समापन

बुटवलको उजिरसिह माविको हीरक जयन्ती २०८० को मूल समारोह शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्दै नेपाल भूमिको रक्षा गर्न उजिरसिहको योगदानबारे प्रकाश पार्दै सम्मानमा स्थापना भएको विद्यालयको आफ्नै गरिमा रहेको बताउनु भयाे । विद्यालयको भौतिक र गुणस्तरीय विकासमा यहाँका जनप्रतिनिधि, समाजसेवीहरूको अगुवाइमा काम भएको बताउनु भयाे । 
विद्यालयको पूर्वाधारलाई छिटोभन्दा छिटो सक्ने गरी स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट सहयोग माग्न जरुरी रहेको उहालेले बताउनु चयाे । विद्यालयमा नै उजिरसिहको आलेख तयार गरेर विद्यार्थीहरूलाई ज्ञान दिने गरी कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयाे । लुम्बिनी क्षेत्रको पूर्वाधार विकासको काम सुस्त गतिमा बढेको उहाँले बताउनु भयाे । तिनाउ पुलदेखि गोरुसिङेसम्म सडक बिस्तारको लागि ठेक्का समेत भैसकेको भन्दै योसँगै विकासमा महत्त्वपूर्ण योगदान मिल्ने बताउनु भयाे ।
लुम्बिनी प्रदेशका पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, मध्यपश्चिम पृतनाका पृतनापति उपरथी यमप्रसाद ढकाल, वडा नं १ का वडा अध्यक्ष नरेन्द्र बस्नेत, इन्जिनियर सुशील ज्ञवाली, बुटवल अटो इन्जिनियर एसोसिएसनका अध्यक्ष तुल्सी न्यौपाने, विद्यालयका प्रमुख सल्लाहकार टेक बहादुर थापा, विद्यार्थी समीक्षा बिक, पूर्व विद्यार्थी लंक बस्नेतले लगायत बोल्दै  शिक्षाको विकासको लागि सवैले आ आफ्नो ठाउँबाट  लाग्नुपर्नेमा जोड दिनुभयाे ।
विद्यालयको प्रधानाध्यापक पदमराज ज्ञवालीले  एक विगाहा ५ धुर जग्गामा विद्यालयको पूर्वाधार निर्माण भएको विद्यालयले बुटवल गढिटोल क्षेत्रमा बालबालिकाहरूलाई अनिवार्य निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्यअनुसार केन्द्र नं ५ नामकरण भई विद्यालय शुभारम्भ भएको इतिहास रहेको  बताउनु भयाे ।
विद्यालयको पूर्वाधार विकासमा योगदान गर्नुभएका पूर्व प्रशासकीय अधिकृत ध्रुवबहादुर खड्का, ई सुशील ज्ञवाली, यमप्रसाद ढकाल, यसै गरी जग्गादाताहरूलाई समेत सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमलबहादुर शाक्यले बताउनु भयाे ।
यसैबिच विद्यालयको पुस्तक उजिर संदेश २ विमोचन गरिएको छ । जुन उजिरसिह स्मृति ग्रन्थका रूपमा तयार भएको पुस्तकका प्रधान सम्पादक महेन्द्र थापाले बताउनु भयाे । जितगढी किल्ला, उजिरसिह, उजिरसिह विद्यालयको परिचय लगायतको सामरिक, ऐतिहासिक, सांस्कृतिक, शैक्षिक पठनीय विषयबस्तुहरु समावेश गरिएको उहाँले बताउनु भयाे । उजिरसिहलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने उहाँकाे भनाई छ ।