प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीमा छनौट खेल सुरु

1.3K

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीमा छनौट खेल सुरु

लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशमा छनौट खेल सुरु भएको छ । सिद्धार्थनगर क्रिकेट स्टेडीयम भैरहवामा भएको छनौट खेलको बिहिबार लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्नुभयो ।
खेलको उद्घाटन गर्दै सदस्य सचिव भट्टराईले रुपन्देही क्रिकेट खेलको उर्वर भूमि भएको बताउनु भयो । नीति निर्माण, खेल संरचना र खेल गतिबिधि खेलकुद विकासका आधार भएको बताउँदै उहाँले त्यसमा सरकार र निजी क्षेत्रको सहकार्य हुन आवश्यक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरीबहादुर थापाले संघसंस्थाहरुको सक्रियता तथा बढ्दो प्रतियोगिताले क्रिकेटको गतिविधि पछिल्लो समय बढेको बताउनु भयो । उद्घाटन कार्यक्रममा क्रिकेट संघ रुपन्देहीका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उठाउन गराउन सके त्यसका माध्यमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र खेलाडि भित्र्याउन सकिने बताउँदै त्यसमा सबै लाग्नुपर्ने भनाई राख्नुभयो ।
छनौट खेलमा बिहिबार रुपन्देही र कपिलबस्तुविच उद्घाटन खेल भएको छ । यहि पुसको २२ गतेसम्म चल्ने छनौट खेलमा रुपन्देही, कपिलबस्तु सहित परासी र पाल्पा तथा दाङको लमहीमा दाङ, बाके र बर्दिया जिल्लाको खेल हुने छन् । छनौट टिममा सबै जिल्लाका उत्कृष्ट खेलाडिलाई समावेश गरिने छनौट समितिका संयोजक धिरज अधिकारीले जानकारी गराउनु भयो ।