रोटरी क्लव अफ बुटवल साउथद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गर्नुको साथै उनीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि परामर्श प्रदान गरिएको छ । क्लवले ह्याप्पी स्कुल कार्यक्रम सञ्चालन गरेको तिलोत्तमा नगरपालिका वडा नं. ७ को सेमराबजार माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गर्नुको साथै उनीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि परामर्श प्रदान गरिएको क्लवकी अध्यक्ष शारदा पंगेनीले जानकारी गराउनु भयो ।
क्लवले उक्त विद्यालयमा विगतदेखि नै ह्याप्पी स्कुल कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सघाउ पु¥याउनको लागि ह्याप्पी स्कुल कार्यक्रम सञ्चालन गरिएको त्यसै अन्तरगत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई कापी, भलिवल, नेट, पम्प लगायतका खेलकुदका सामाग्रि समेत प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयकी सहप्राध्यापक सुमित्रा कोईराला, सहायक प्राध्यापक शान्ता भण्डारीले विद्यार्थीलाई मानसिक स्वास्थ्यको बारेमा परामर्श प्रदान गर्दै मानसिक स्वास्थ्य विग्रिन नदिन अवलम्बन गर्नुपर्ने कुराहरु जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमराज पाण्डे र शिक्षक हरीप्रसाद भट्टराईले विद्यार्थीको मुहारमा खुसीयाली ल्याउन र विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि क्लवले विद्यालयमा कार्यक्रम सञ्चालन गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।
क्लवका पूर्वअध्यक्ष श्यामबहादुर पुनको संयोजनमा भएको कार्यक्रममा पूर्वअध्यक्ष तारानाथ कंडेल, क्लवका सदस्य कमल भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।
