पार्टी नेतामुखि हुँदा समस्या ः केसी , मुलुकको संरचना अनुसार बिधान परिवर्तन ः खाँण

373

पार्टी नेतामुखि हुँदा समस्या ः केसी , मुलुकको संरचना अनुसार बिधान परिवर्तन ः खाँण

 

बुटवल/ नेपाली कांग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली कांग्रेस नीतिमुखि भन्दा पनि नेतामुखि भएकाले समस्या आएको बताउनु भएको छ ।

पार्टी नीतिबाट चल्नुपर्ने बताउँदै नेताले नीतिलाई आफ्नो पकेटमा राख्ने र कार्यकर्ताहरु नेतामुखि बन्ने प्रबृत्तिले पार्टी बिग्रिदै गएको बताउँदै उहाँले त्यसलाई चिर्नकालागि आम नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताउनु भयो ।

प्रजातान्त्रिक बिचार समाज रुपन्देहीको शनिबार पहिलो साधारण सभा तथा अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहनुभएका नेता केसीले मुलुकको बृहत्तर हितकालागि बृहत लोकतान्त्रिक शक्तिको आवश्यकता रहेको औंल्याउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँणले संबिधान आयसंगै मुलुक नयाँ संरचनामा प्रवेश गरेकाले नेपाली कांग्रेसको बिधान पनि सोही अनुसार बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

उहाँले मुलुकको परिवर्तीत व्यबस्था अनुसार पार्टीलाई पनि परिमार्जन गर्न आवश्यक रहेकाले मुलुक प्रादेशिक प्रणालीमा गएकाले प्रादेशिक प्रणाली अनुसारकै पार्टीको बिधान बनाउन आवश्यक रहेको बताउनु भएको हो । त्यस्तै उहाँले प्रदेशकै कार्यकर्ताले प्रदेशको नेता चुन्ने अधिकार पनि बिधान त प्रत्यायोजन गर्नुपर्ने बताउनु भयो । यस अंगाडी आएको नेतृत्वले पार्टीमा कार्यसम्पादन समिति तथा विभागहरु अहिलेसम्म पनि बनाउन नसकेको स्मरण गर्दै उहाँले त्यस्तो समस्या समाधानकालागि पनि कार्यकर्ताले नेता चुन्ने अधिकार प्रत्यायोजन गर्न जरुरी रहेको बताउनु भएको हो ।

त्यस्तै समाजका केन्द्रिय अध्यक्ष डा. केदारनरसिंह केसीले समाज गैरदलीय संस्था भएकाले गुट उपगुटबाट बाहिर राख्न आग्रह गर्नुभयो । कांग्रेस केन्द्रिय सदस्य तथा नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य प्रदिप पौडेलले बिधानमा पदाधिकारीको संख्या बृद्धि गरिएपनि पदाधिकारीलाई जिम्मेवारी पनि प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

समाजका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, प्राध्यापक संघका केन्द्रिय सचिव डा. बुद्धबहादुर थापा, नेपाल शिक्षक युनियन रुपन्देहीका अध्यक्ष शोमनाथ गिरी, नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष हरि लम्साल, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव गोबिन्द खनाल, नेपाल महिला संघकी केन्द्रिय सदस्य रिजन श्रेष्ठ, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरिबहादुर आचार्य, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

साधारण सभा तथा अधिवेशनले पुनः रामराज पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्बिरोध चयन भएको समितिको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा, सचिवमा डिल्लीनारायण पाण्डेय, सहसचिवमा शिवलाल गौतम, कोषाध्यक्षमा कल्पना तिवारी रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा दिपकराज कार्की, गोबिन्दप्रसाद मरासीनी, लीला पौडेल, बिक्रम खड्का, विश्वबन्धु बिनयी, गुणानीधि पोखरेल, नरेन्द्र क्षेत्री, गंगाराज सापकोटा, प्रकाशमणी खनाल र डा. मोहनलाल तिवारी रहनुभएको निर्वाचन आयुक्त डा. बुद्धबहादुर थापाले जानकारी दिनुभयो ।

IMG_20160116_123807