बुटवल/प्रजातान्त्रिक बिचार समाज रुपन्देहीको शनिबार सम्पन्न अधिवेशनले पुनः रामराज पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्बिरोध चयन भएको समितिको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा, सचिवमा डिल्लीनारायण पाण्डेय, सहसचिवमा शिवलाल गौतम, कोषाध्यक्षमा कल्पना तिवारी रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा दिपक रायमाझी , गोबिन्दप्रसाद मरासीनी, लीला पौडेल, बिक्रम खड्का, विश्वबन्धु बिनयी, गुणानीधि पोखरेल, नरेन्द्र क्षेत्री, गंगाराज सापकोटा, प्रकाशमणी खनाल र डा. मोहनलाल तिवारी रहनुभएको निर्वाचन आयुक्त डा. बुद्धबहादुर थापाले जानकारी दिनुभयो ।