बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा रहेको प्रगति माध्यमिक विद्यालयले विशेष कार्यक्रम सहित रजत जयन्ती महोत्सव मनाउने तयारी गरेको छ । विद्यालय स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा यहि माघको ३ देखि ७ गतेसम्म विशेष कार्यक्रमको आयोजना गरी रजत जयन्ती महोत्सव मनाउने तयारी गरिएको बुधबार विद्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर मल्लले जानकारी गराउनु भयो ।
२०५४ सालमा स्थापना भएको निम्न माध्यमिक विद्यालयमा २०७५ सालमा श्रीमद् भागवत महायज्ञ आयोजना गरी माधयमिक विद्यालय बनाईएको थियो । रजत तयन्ती महोत्सवको अवसरमा महायज्ञका दानविरहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । माध्यमिक विद्यालय सञ्चालन भएपछि तीन व्याचका विद्यार्थी एसईई परीक्षामा सहभागि भएका र सबै विद्यार्थी राम्रो नतिजा सहित उत्तिर्ण भएको उहाँले बताउनु भयो ।

महायज्ञमा ५ हजार भन्दा माथी दान गर्ने ३७३ जनालालाई सम्मान गर्न लागिएको अध्यक्ष मल्लले बताउनु भयो । त्यस्तै १० वर्षभन्दा बढी सेवा गरेका १३ जना शिक्षक कर्मचारी, २ जना भूपू शिक्षक कर्मचारीलाई पनि सम्मान गरिने छ ।
विशेष गरी विपन्न परिवारका छोराछोरीले अध्ययन गर्ने त्यस विद्यालयमा अहिले ६ सय बढी विद्यार्थी अध्ययनरत छन् । त्यस्तै २१ जना शिक्षक कर्मचारी सेवारत रहेको विद्यालयकी प्रधानाध्यापक शिवकुमारी अर्यालले जानकारी गराउनु भयो ।
५ दिनसम्म सञ्चालन गरिने रजत जयन्ती महोत्सवको पहिलो दिन माघ ३ गते जनचेतनामुलक प्रभातफेरी गरिने छ । त्यस्तै ४ गते विद्यालय स्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम, ५ गते अक्षयकोष छात्रबृत्ति वितरण, खेलकुद तथा सम्मान, ६ गते सम्मान तथा पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरिने छ । विद्यालयमा विभिन्न दाताको सहयोगमा ५ वटा छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको छ ।
रजत जयन्ती महोत्सवको अन्तिम दिन माघ ७ गते रजत जयन्ति महोत्सवको मुल समारोह गरिने छ । त्यस दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पखुमअतित्यतामा झण्डोत्तोलन, सम्मान, पुरस्कार वितरण तथा विद्यालयमा पहिलो पटक प्रकाशन गरिएको स्मारिका विमोचन, सांस्कृतिक कार्यक्रम र दीपावली गरिने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।