बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा बुधबारदेखी खेलकुद सप्ताह शुरू गरिएको छ ।
खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीलाई विभाजन गरि प्रतियोगिता गराईने छ ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, फुटसल, रीले दौड सटपुट, हाइजम्प, लङ्जम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल, खो-खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईने छ ।
खेल सप्ताहको उदघाटन गर्दै विद्यालयका सञ्चालक तथा प्रबन्ध निर्देशक रामराज पोख्रेलले खेलकुदले बिद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गराउन सहयोग गर्ने बताउनु भयो । उहाँले सबै विद्यार्थीलाई खेलकुद कार्यक्रममा सहभागी हुन पनि आग्रह गर्नुभयाे ।
अतिरिक्त क्रियाकलाप संयोजक सुरज बिकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सन्चालन कोर्डिनेटर मित्रजन भन्डारीले गर्नुभएको थियो । खेलासप्ताह आइतबारसम्म चल्ने छ।