बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा सञ्चालित खेलकुद सप्ताह आईतबार सकिएकाे छ । खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विभाजन गरि प्रतियोगिता गराईएको थियोे ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी भएका खेलकुद कार्यक्रममा भलिवल, फुटसल, रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल, खो-खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईएको थियो ।
खेल सप्ताह समापनमा उत्कृष्ट खेल प्रदर्शन गर्ने विद्यार्थीलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरेर पुरस्कृत गरिएको थियो । पुरस्कार प्रदान गर्दै स्कूल सञ्चालक समितिका अध्यक्ष गोबिन्दप्रसाद मरासिनीले खेलकुदले बिद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्न सहयोग गर्ने बताउनुभयो ।
अतिरिक्त क्रियाकलाप संयोजक सुरज बिकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोर्डिनेटर मित्रजन भन्डारीले गर्नुभएको थियो । खेलसप्ताह गत बुधबारदेखि शुरु गरिएको थियो । सो कार्यक्रममा स्कुलका संस्थापक अध्यक्ष डा. कृष्ण खरेल नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्बाचित हुनुभएकोमा सम्मान गरिएको थियो । सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल, सञ्चालक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेल लागाएतले भनाई राख्नु भएकाे थियाे ।