चरङ्गेको सीता माबिमा आर्थिक हिनामिना : अपचलन भएको पैसा भराउँदा उल्टै लान्छना

1.3K

चरङ्गेको सीता माबिमा आर्थिक हिनामिना : अपचलन भएको पैसा भराउँदा उल्टै लान्छना

रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० चरङ्गेमा रहेको सीता माध्यमिक विद्यालयमा हिनामिना भएको रकम असुल गर्दा उल्टै आफैमाथी लान्छना लगाउने काम भएको व्यवस्थापन समितिका अध्यक्ष यकबहादुर सुनारले बताउनु भएको छ ।
वडा नं. १० का अध्यक्ष समेत रहनु भएको सुनारले मंगलबार विद्यालयमा पत्रकार सम्मेलन गरेर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष आफू भएपछि विद्यालयलाई सुधारको गतिमा अगाडि बढाएको र यस अगाडि तीन आर्थिक वर्षको अडिट समेत नभएकाले दुई आर्थिक वर्षको अडिट सकिएको पनि उहाँले जानकारी गराउनु भयो । पछिल्लो (अन्तिम आर्थिक वर्षको अडिटको काम भईरहेको बताउँदै २०७७।७८ को अडिटमा त्रुटी भेटिएको र सोही अनुसार तत्कालिन प्रधानाध्यापकसंग स्प्रष्टिकरण सोधिएको र तत्कालिन लेखापालसंग अडिटले सुझाएअनुसार ९ लाख २५ हजार भराउने काम भएको जानकारी गराउनु भयो ।
त्यस अगाडि केही सञ्चार माध्यमले हुदै नभएको लान्छना लगाउने काम गरेको बताउँदै त्यसमा कुनै सत्यता नभएको अध्यक्ष सुनारले दावी गर्नुभयो । अध्यक्ष सुनारले बस खरिदको लागि विनियोजित रकम बैंकको खातामै रहेको जानकारी दिनुभयो । उहाँले आफूसँग समेत केही नसोधी पूर्वाग्राही ढंगबाट समाचार आएको बतानु भयो ।
विद्यालयमा २०७९ फागुन १० गते सुनारको नेतृत्वमा नयाँ व्यवस्थापन समिति चयन भएको थियो भने २०८० बैशाख २९ गते उमाकान्त अधिकारीलाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको थियो ।