
काठमाडौं/नेपाली कांग्रेसले आफ्ना कृयाशिल सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। लामो विवाद पन्छाउँदै आइतबार पार्टीद्वारा गठित निर्वाचन कमिटीले सार्वजनिक गरेको नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मा राखेको छ। कांग्रेसले पहिलोपटक आफ्ना कृयाशिल सदस्यहरुको नामावली वेबसाइटमार्फत् सार्वजनिक गरेको हो।कांग्रेसको गाउँ र नगर कार्यसमितिहरुको अधिवेशन माघ १५ गते हुँदैछ भने केन्द्रीय महाधिवेशन फागुन २० देखि २३ सम्म काठमाडौंमा हुँदैछ। यसबीचमा जिल्ला र क्षेत्रिय कार्यसमितिको समेत अधिवेशन हुँदैछ।