इन्टलेक्चुअल स्कूलमा खाना महोत्सव

1.3K

इन्टलेक्चुअल स्कूलमा खाना महोत्सव

बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगर स्थित इन्टलेक्चुअल स्कूलका विद्यार्थीले खाना महोत्सव तथा ब्यापार मेला गरेका छन् ।
विद्यार्थीमा किताबी ज्ञानसंगै व्यबहारिक र व्यवसायिक ज्ञान प्रदान गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थी आफैले खानाका परम्परागत परिकार बनाएका थिए भने सिपसङै व्यवसायिक ज्ञानका लागि बनाएका परिकारहरु अभिभावकलाई बिक्री गरेका थिए ।
सोही कार्यक्रममा विद्यार्थीले फलफूल तथा तरकारी स्टल राखेर ब्यापार मेला पनि लगाएका थिए । विद्यार्थीले राखेको तरकारी तथा फलफूलको स्टलबाट पनि अभिभावकले सामान खरिद गरेका थिए । यो कार्यक्रममा कक्षा ५, ६, ७ र ९ का विद्यार्थीको सहभागीता रहेको थियो । विद्यालयले सानै उमेरदेखि नै विद्यार्थीलाई उनीहरुको जीवनमा चाहिने ज्ञान र सिपको बिकासले मात्रै सिकाई पुर्ण हुने हुदा बेला बेलामा बिद्यालय बाहिर लगेर पनि फरक फरक क्रियाकलापमा सहभागिता गराउदै आएको छ ।
सो अबसरमा बिद्यालयले लिएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा पनि सार्वजनिक गरिएको थियो ।