शैक्षिक परामर्श प्रदायक संस्था दीक्षा इन्टरनेशनको पहिलो शाखा बुटवलमा

1.3K

शैक्षिक परामर्श प्रदायक संस्था दीक्षा इन्टरनेशनको पहिलो शाखा बुटवलमा

शैक्षिक परामर्श प्रदायक संस्था काठमाण्डौको दीक्षा इन्टरनेशनल प्रा.लि.ले बुटवलमा शाखा स्थापना गरेको छ । दीक्षा इन्टरनेशनलले आफ्नो पहिलो शाखाको रुपमा बुटवलको कालिकानगरमा कार्यालय स्थापना गरेको हो । कार्यालयको बुधबार एक कार्यक्रमका बिच औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
वैदेशिक शिक्षाको लागि जान चाहने पश्चिम नेपालका विद्यार्थीलाई लक्षित गरेर बुटवलमा शाखा सञ्चालन गरिएको दीक्षा इन्टरनेशनलका सञ्चालक तथा प्रवन्ध निर्देशक शेखर आचार्यले जानकारी गराउनु भयो । उहाँका अनुसार दिक्षा इन्टरनेशनलले विशेष गरेर अध्ययनका लागि अमेरिका जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दछ । अमेरिकाले छात्रबृत्तिमा मात्रै विद्यार्थी लैजाने गरेको छ ।
अमेरिकामा अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्राप्त गर्न प्लस २ को परीक्षामा ३.७५ जिपिए भन्दा माथि ल्याएको विद्यार्थीले टोफेल वा आईईएलटिसमा ९ मा ७ अंक अनिवार्य ल्याउनु पर्दछ । त्यसपछि स्याटको परीक्षामा १६०० मा १५४० अंक अनिवार्य ल्याउनु पर्ने उहाँले बताउनु भयो । आंशिक छात्रबृत्तिका लागि भन् अरु विकल्पहरु पनि छन् ।
दीक्षा इन्टरनेशनलले अमेरिका बाहेक अष्ट्रेलिया, क्यानडा र युकेका लागि पनि परामर्श सेवा प्रदान गर्ने उहाँले बताउनु भयो । सन् २००६ मा काठमाण्डौको पुतलीसडकमा खुलेको दीक्षा इन्टरनेशनलबाट ३ हजार ८ सय भन्दा बढी विद्यार्थी अमेरिका गईसकेका छन् भने अष्ट्रेलिया, क्यानडा र युकेमा पनि १ हजार बढी विद्यार्थी गईसकेको उहाँले प्रवन्ध निर्देशक आचार्यले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले अध्ययनमा विदेश जाने विद्यार्थीलाई अध्ययन पछि नेपालमै आएर काम गर्न आग्रह गर्नुभयो । उहाँले अध्ययनका लागि विदेश जाने र उतै पलायन हुने प्रबृत्तिका कारण देशको विकासमा समेत असर परेको बताउँदै शैक्षिक परामर्श प्रदायक संस्थाहरुले पनि त्यस्तो वातावरण बनाउनु पर्ने भनाई राख्नुभयो ।