शिक्षामा संस्कारलाई पनि जोडौं : नगरप्रमुख खाँण

1.3K

शिक्षामा संस्कारलाई पनि जोडौं : नगरप्रमुख खाँण

तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले शिक्षामा संस्कारलाई पनि जोड्नुपर्नेमा जोड दिनुभएको छ । शिक्षित व्यक्तिमा संस्कार भएन भने समाज उल्टो बाटोमा जानसक्ने बताउँदै शिक्षामा संस्कारलाई पनि जोड्नु पर्ने बताउनु भएको हो ।
प्राविधिक शिक्षा प्रदान गर्दै आएको बुटवलको अक्सवृज ईन्टरनेश्वल एकेडेमीले आयोजना गरेको नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम बोल्दै उहाँले व्यक्ति स्वस्थ्य भएमात्रै उसले समाज दिने कुरा उन्नत हुने भएकाले स्वस्थ्य मानव र स्वस्त्य समुदायबाट समुन्नत देश बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा, संस्थाका कार्यबाहक अध्यक्ष गोबिन्द खनाल, प्रबन्ध निर्देशक डिपि खनाल, प्रशासकीय अधिकृत गणेश बेल्बासेले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा कार्यवाहक अध्यक्ष खनालले शिक्षामा नयाँ प्रविधि र सीप प्रयोग गर्न जरुरी रहेको बताउनु भयो । बिस २०५८ मा अंग्रेजी भाषा कक्षा सञ्चालनबाट सुरु गरिएको एकेडेमी समयको माग र आवश्यकता अनुसारको प्राविधिक धारका कार्यक्रम सञ्चालन गरिएको बताउँदै आवश्यकता अनुसार थप गर्दै जाने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । शिक्षा प्रविधि र उत्पादन तथा उत्पादनलाई बजारसंग जोड्नुपर्ने उहाँको भनाई छ । त्यसका लागि संस्थाको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्राविधिक शिक्षाको विकासलाई जोड दिँदै प्राविधिक शिक्षाको क्षेत्रमा पत्रकारिताको क्षेत्रबाट योगदान गर्ने पत्रकारलाई प्रोत्साहन गर्न वार्षिक एक जना पत्रकारलाई २५ हजार रुपैंया राशीको पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभयो ।
यस अगाडि एकेडेमीमा विभिन्न विधाका खेलकुद प्रतियोगिता गराईएको थियो । त्यस अवसरमा प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक डिपि खनालले प्राविधिक शिक्षा लिन चाहने युवालाई दक्ष जनशक्ति तयार गर्न सफल भएको बताउनु भयो । एकेडेमीमा एचए, ल्याब टेक्निसियन, एग्रिकल्चर जेटिए र सब ओभरसियर विषयमा अध्ययन हुन्छ ।
कार्यक्रममा वरिष्ठ प्रशिक्षक एके सिह, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्णप्रसाद भट्टराई, सिभिल ईन्जिनियर सन्तोष खनाल, पुर्व प्रिन्सिपल उपेन्द्र अर्याल, पुर्व प्रशिक्षक लता खड्का, एकेडेमीका कोअर्डिनेटर केशव महत, अक्सवृज छात्राबासका राजेन्द्र खनाल, नवआगन्तुक रामेश्वर मिश्राले दक्ष जनशक्ति उत्पादनमा अक्सवृजको योगदानको चर्चा गरेका थिए ।