भलवारी जेसीजले तिलाेत्तमा ९ काे गौतमबुद्ध माध्यमिक विद्यालयमा पुरस्तकालय व्यवस्थापनकाे लागि पुस्तक हस्तान्तरण गर्दै विभिन्न प्रकारका नेतृत्व विकासका तालिम प्रदान गरेकाे छ ।
भलवारी जेसीजले पुस्तकालयमा पुस्तक, विद्यार्थीलाई स्टेशनरी सहित शिक्षक विद्यार्थीलाई नेतृत्व विकास, सीप अभिबृद्धि, विद्यार्थीलाई प्रभावकारी सिकाई विधि, भाषणकला लगायतका तालिम प्रदान गरिएकाे कार्यक्रम संयाेजक अरुण पन्थीले बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै वडा नं. ९ का अध्यक्ष ध्रुव न्याैपाने, भलवारी जेसीजका पूर्वअध्यक्ष राष्ट्रिय प्रशिक्षक मुक्तिप्रसाद गैह्रे, पूर्वअध्यक्ष किशाेर पंगेनी लगायतले शुभकामना व्यक्त गर्नुभयाे ।
भलवारी जसीजका अध्यक्ष सिपि भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रम महासचिव मीन तिवारीकाे सञ्चालनमा भएकाे थियाे ।