इन्टलेक्चुअलकाे वार्षिकोत्सव : शिक्षक विद्यार्थीलाई पुरस्कार वितरण

1.3K

इन्टलेक्चुअलकाे वार्षिकोत्सव : शिक्षक विद्यार्थीलाई पुरस्कार वितरण

बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमीले विद्यालयकाे वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ  ।
समारोहको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले गर्नुभएको थियो । त्यस अवसरमा उहाँले विद्यालय स्थापनाको छोटो समयमै अब्बल शैक्षिक सस्थाको रूपमा स्थापित गर्न सफल भएको भन्दै स्कुलका शैक्षिक क्रियाकलापले आफूलाई प्रभावित गराएकाे बताउनु भयो । कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय सदस्य एवं दीप बोर्डिङका प्राचार्य टीकाराम न्यौपाने, प्याब्सन नेपालका केन्द्रिय सल्लाहकार एवं न्युहोराजन बोर्डिङका प्राचार्य लोकनाथ उपाध्याय, जिल्ला अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघका रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासङ रुपन्देहीका सचीव बिनोद परिवार, पुर्व विद्यार्थी एन्जिला पोख्रेल, विद्यार्थी अरिना महत लगाएतले भनाई राख्नुभएकाे थियाे ।
विद्यालयले विद्यार्थीलाई सीप, कला र सस्कारलाई प्राथमिकता दिएर सञ्चालन गरेकाे सिकाई क्रियाकलाप अरु विद्यालयलाई पनि राम्राे उदाहरण भएकाे उहाँहरुकाे भनाई थियाे ।

विद्यालय सञ्चालक समितिका  अध्यक्ष गोविन्दप्रसाद मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक रामराज पोख्रेलले स्वागत तथा कोर्डिनेटर मित्रजन भन्डारीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले लोकनृत्य, गित, नाटक, लाइभ दोहोरी गित, भजन, कविता लगाएतका प्रस्तुती गरेका थिए ।
त्यसै अबसरमा २०८० सालको कक्षा १२ को परिक्षामा सर्बोत्कृष्ट जिपिए ल्याएर नेपाल प्रथम भएकी विद्यालयकी पुर्ब विद्यार्थी एन्जिला पोख्रेललाई सम्मान गरिएको थियो । त्यसैगरी  हरेक वर्ष प्रदान गरिने उत्कृष्ट शिक्षक र कर्मचारी सम्मानबाट बिमला बलाल र टोपबहादुर क्षेत्रीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । विद्यालय स्थापनाकाल देखी कार्यरत २६ जना शिक्षक कर्मचारीहरुलाई सम्मान गरिएको थियो । समारोहमा शैक्षिकसत्र -२०७९ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । सो अबसरमा विद्यार्थीहरुले तयार गरेका बिज्ञान सामाग्रीहरु र विभिन्न आर्ट एन्ड क्राफ्टका प्रोजेक्टको प्रदर्शनी गरिएको थियो ।