रोट्याक्ट क्लब अफ सेन्टर बुटवलको आयोजनामा दोस्रो अन्तर रोटयाक्ट फुटसल प्रतियोगिता २०८० हुने भएको छ । खेलमार्फत रोट्याक्टरहरुलाई एकतावद्ध गर्दै स्वास्थ्यप्रति सचेत बनाउने उदेश्यका साथ फागुन ११ र १२ गते फुटसल प्रतियोगिता हुने भएको हो । प्रतियोगितालाई सिद्धार्थ एग्रो ईण्डष्ट्रिजले मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिका, केपिआई हेल्मेट, कुमारी बैक, नेशनल मल्टीस्पेसियलिटि क्लिनिक, डेल्टा टायर, बिजि, सानिमा जिआईसी ईन्सुरेन्स, ग्रिन सिटि भेहिकल, ब्राईट एलईडी, लक्ष्मी सिसिटिभी, डाबर नेपालको सहयोगमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष ज्ञान प्रसाद बश्यालले बताउनु भयाे । खेलमार्फत भातृत्व विकास गर्दै सामाजिक कार्यमा एकतावद्ध हुने अभियानका रुपमा प्रतियोगिता गर्दै आएको उहाँले बताउनु भयाे । प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार ५ सय ५५, उपविजेताले नगद १५ हजार ५ सय ५५, तृतिय टिमले नगद १० हजार ५ सय ५५ र सान्त्वना टिमले नगद ५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र हाई स्कोररलाई समेत पुरस्कारको ब्यवस्था रहेको उनले बताए ।तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित युनिक फुटसल एरिनामा हुने प्रतियोगितामा रोटरी डिष्टिक ३२९२ अन्तरगतका १२ टिमहरु प्रतिस्प्रर्धा गर्ने संयोजक सागर कडेलले बताउनु भयाे । गतवर्ष रोटक्याक्ट क्लब अफ तिनाउ सिटीले उपाधि जितेको थियो ।