फेलिक्स इष्ट्रनको शाखा बुटवलमा

1.3K

फेलिक्स इष्ट्रनको शाखा बुटवलमा

अष्ट्रेलियामा, फिलिपिन्स र नेपालको काठमाण्डौमा कार्यालय सञ्चालन गरी वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श गर्दै आएको फेलिक्स इष्ट्रनले बुटवलमा शाखा सञ्चालन गरेको छ ।
अष्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको फेलिक्स इष्ट्रनले बुटवलको कालिकानगरमा शाखा कार्यालय सञ्चालन गरेको हो ।
त्यसका बारेमा जानकारी गराउन बिहिबार कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फेलिक्स इष्ट्रनका प्रवन्धक नेत्रजङ्ग पाण्डेले आफूहरु वैदेशिक रोजगारीमा जाने विद्यार्थीलाई परामर्शसंगै विशेष गरेर अष्ट्रेलियामा औपचारिक रुपमा ‘जब सर्च’को सेवा समेत प्रदान गर्दै आएको जानकारी गराउनु भयो ।
सन् २०१६ मा फेलिक्स इष्ट्रनले सन् २०१९ देखि औपचारिक रुपमा ‘जब सर्च’को सेवा सुरु गरिएको उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार सुरुका दिनमा कृषिको क्षेत्रमा मात्रै जनशक्ति प्रदान गरेकामा हालैदेखि सबै क्षेत्रमा जनशक्ति उपब्ध गराउन थालिएको छ । त्यसका लागि रोजगारीको खोजीमा रहेका युवालाई उनीहरुले गर्ने कामको प्रकृति अनुसारको तालिम समेत प्रदान गरिने छ ।
सन् २००९ मा अष्ट्रेलिया गएका पाण्डेका गोर्खा हार्वेसटिङ र एटु जेट स्टाफिङ गरि दुई वटा लाईसेन्स प्राप्त कम्पनी सञ्चालनमा छन् ।
बुटवल शाखाका प्रवन्धक रोशन भुषालले दक्ष प्रशिक्षकबाट आयल्स, पिटिई, युकेभिआई कक्षा सञ्चालन गरिने र दक्ष जनशक्तिबाट भाषा कक्षा तथा परामर्श प्रदान गरिने बताउनु भयो । वैदेशिक रोजगारीमा जाने विद्यार्थीलाई जाने मात्रै भन्दा पनि गईसकेपछि त्यहाँको बस्तुस्थिती, वातावरण सबै कुराको जानकारी गराईने बताउनु भयो ।
प्रालिका जुना परियारले वैदेशिक अध्ययनमा जाने युवालाई परेका समस्याको समाधान गर्नको लागि शाखा सञ्चालन गरिएको बताउँदै यसबाट लाभ लिन आग्रह गर्नुभयो ।