राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आयोजना गरिएको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा एभरेष्ट बोर्डिङकी नेहारिका ज्ञवाली प्रथम भएकी छन् । त्यस्तै द्वितीय कान्ति माध्यमिक विद्यालयकी अनुसा ज्ञवाली, तृतीय ग्लोरी बोर्डिङकी सृष्टि भण्डारी र कालिका माध्यमिक विद्यालयका दिपेश भट्टराई सान्त्वना भएको निर्वायक समितिले जानकारी गराएको छ ।
प्रतियोगितामा प्रमथलाई ५ हजार, द्वितीयलाई ४ हजार र तृतीयलाई २ हजार नगद पुरस्कार सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको संघकी कार्यसमिति सदस्य तथा वक्तृत्वकला प्रतियोगिताकी संयोजक जमुना पौडेलले जानकारी गराउनु भयो । त्यस्तै चौथा स्थान हासिल गरेका प्रतियोगिलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
उनीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा र संघका अध्यक्ष हरिप्रसाद अर्यालले पुरस्कार प्रदान गर्नुभयो ।