बेल्जियममा नेपाली द्वारा संचालित रेस्टुरेन्टमा प्रहरी छापा,२ जना पक्राउ

1.3K

बेल्जियममा नेपाली द्वारा संचालित रेस्टुरेन्टमा प्रहरी छापा,२ जना पक्राउ

ब्रसेल्स/बेल्जियम

बेल्जियमको लुभेन सहरमा नेपाली द्वारा संचालित रेस्टुरेन्टमा प्रहरी छापा मारेको छ | प्रहरीले रेष्टुरेन्ट संचालन गरेका दुई जना नेपालीलाई लाई  आफ्नो नियन्त्रण मा लियको छ |

लुभेन को पेरिस स्ट्रातमा गरेको सानो रेस्टुरेन्ट मा ग्राहकहरु खाना खान र लिन आउने गरेका थिय | ग्राहकहरु एस एम एस गरेर गरेर आउने र झ्याल बाट चापी फ्याकेर ग्राहक खान जाने गरेको पनि खुल्न आयको छ | लुभेन प्रसासनले थाहा पाएर कन्ट्रोल गर्न आउदा १० जना ले खाना खाएको अवस्थामा फेला पारेको थियो | त्यसरी संचालन गरेको भान्छा घर बाट मनग्य रुपमा पैसा कमाएको समेत जनाईएको छ |

यहा बाट प्रकाशित संचार माध्यमका अनुसार बिगत केहि समय देखि गर्दै आयको उक्त ब्यबसाय अबैधानिक रुपमा संचालनमा रहेको थियो | काम गर्ने ब्यक्तिहरु बेल्जियममा अबैधानिक रहेको र कालो काम गरेको प्रहरी रिपोर्टमा जनाईयको छ |

समाचार भिडियो यो लिंकमा गयर हेर्न सकिनेछ

http://www.robtv.be/nieuws/leuven/illegaal-nepalees-restaurant-parijsstraat-opgedoekt