मधेशका दलहरुले हात नकमाए सहमति- पौडेल

490

मधेशका दलहरुले हात नकमाए सहमति-  पौडेल

ram-chandra

बुटवल । नेपाली कांग्रेसका उपसभापती रामचन्द्र पौडेलले आन्दोलनरत मधेशी मोर्चाका नेताहरु सहमतिको अन्नतिम विन्दुमा आएर नबाहिरिए एकदुइ दिनमै वार्ता सफल हुने दाबि गरेका छन् । नेता पौडेलले बुटवलमा नेपाली कांग्रेस बुटवल उपमहानगरले सोमबार आयोजना गरेको कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै भने—‘तराइ मधेशको समस्यामा दलहरु एकदमै नजिक पुगेका छन्,सहमतिका लागि मधेशका दलहरुले हात नकमाएमा तत्काल सहमति हुन्छ ।’पछिल्लोपटक दलहरुले सहमतिको प्रयास गरेको उनले उल्लेख गरे । पौडेलले तराइ मधेशका दलहरुले हस्ताक्षर गर्न हात कमाउने चिन्ता भने कायमै रहेको बताए । पौडेलले सहमतिको अन्तिम बिन्दुमा आएर मधेशबादी दलहरु बाहिरिने गरेको बिगत समते स्मरण गरे ।कांग्रेसको नेतृत्वमा बनेको संबिधान कार्यान्वयन कम्यूनिष्टहरुले गर्न नसक्ने भन्दै पौडेलले संबिधानको कार्यान्वयनका लागि पनि कांग्रेसले जिम्मेबारी लिनुपर्ने बताए । उनले अरुभन्दा कांग्रेस परिपक्व र ब्यबहारमा पनि कांग्रेसले नै बलियो भएकाले संबिधान कार्यान्वयन गरेर मुलुकलाइ समृद्धिको दिशातर्फ लैजानुपर्ने उनको भनाइ छ ।नेपाली कांग्रेसको आसन्न १३ औं महाधिबेशनमा आफूले सभापतिमा उम्मेदबारी दिने उनले दोहोर्‍याए । आफ्नो नेतृत्वमा प्रशिक्षण प्रतिष्ठान मार्फत् सबै संघिय प्रदेशमा नया संबिधानको बारेमा समेत जानकारी गराइएको उनले बताए । कांग्रेसका हरेक बिभाग र भातृ संगठनलाइ क्रियाशिल बनाउन आफू सक्षम रहेको उनको भनाइ छ ।नगर सभापति खेलराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नगर सचिब प्रजापाल गिरी,बिद्यार्थि नेता को जमुना ढकाल लगायतले बोलेका थिए ।