फार्मेसी संघकाे स्थापना दिवसमा रक्तदान

98

फार्मेसी संघकाे स्थापना दिवसमा रक्तदान

नेपाल फार्मेसी संघ रुपन्देहीकाे स्थापना दिवसमा रक्तदान गरिएकाे छ । संघले साेमबार बुटवलमा रक्तदान गरेर स्थापना दिवस मनाएकाे हाे । उक्त कार्यक्रममा ४९ जनाले रक्तदान गरेकाे संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयाेजक महेश पाण्डेयले जानकारी गराउनु भयाे ।
सन् २०१५ मा संघकाे स्थापना भएकाे थियाे भने रुपन्देही जिल्लामा सन् २०२२ मार्च ११ मा जिल्ला कार्यसमिति गठन गरिएकाे थियाे । जिल्ला शाखा गठन भएकाे दिनलाई स्थापना दिवसकाे रुपमा मनाईएकाे हाे ।
त्यस अवसरमा संघका केन्द्रीय अध्यक्ष किरण ढकालले हरेक ओैषधि पसलमा अनिवार्य फार्मासिष्ट हुनुपर्ने बताउँदै फार्मासिष्टकाे दरवन्दी सिर्जनाकाे लागि सरकारलाई पनि गम्भीर हुन आग्रह गर्नुभयाे ।
संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले पेशागत हकहितका लागि सबै फर्मासिष्टहरुलाई एकजुट हुन आग्रह गर्नुभयाे ।
त्यसअवसरमा संघका केन्द्रीय सदस्य ध्रुवराज न्याैपाने, प्रदेश अध्यक्ष गाेविन्द तिवारी, मेलानका केन्द्रीय सदस्य गुणानिधी खनाल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद भट्टराईले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।