रोटरी तिलोत्तमा रुपन्देहीद्वारा जाजरकोटको मस्टा विद्यालयमा रंगरोगन

1.3K

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा जाजरकोटको मस्टा विद्यालयमा रंगरोगन

रुपन्देहीमा रहेको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले जाजरकोटको भेरी नगरपालिका वडा नं. ८ गिमामा रहेको भूकम्प प्रभावित मस्टा आधारभूत विद्यालयको भवनमा रंगरोगन गर्नुको साथै डेस्क वेन्च र शैक्षिक सामाग्रि प्रदान गरेको छ ।
क्लवको सिग्नेचर प्रोजेक्ट अन्तरगत उक्त विद्यालयका भवनमा रंगरोगन तथा डेस्कवेन्च र शैक्षिक सामाग्रि प्रदान गरिएको हो । क्लवले होलीको अवसरमा प्रत्येक वर्ष सरकारी ग्रामिण विद्यालयलाई रंगरोगन गर्दै आएको छ ।
त्यसै अन्तरगत क्लवका पदाधिकारीहरुको टोली फागुन २९ गते दुर्गम उक्त विद्यालयमा पुगेर कार्यक्रम गरि फर्किएको क्लवका अध्यक्ष निरज श्रेष्ठले जानकारी गराउनु भयो ।