बुटवलको वेस्टर्न मेगा कलेजमा नयाँ विद्यार्थीलाई स्वागत तथा विभिन्न विषयमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेको नेपालकै पहिलो स्कुटल वेस्टर्न मेगा कलेजमा वि.एच.एम प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीलाई तेस्रो सेमेस्टरका विद्यार्थीलो स्वागत गरेका हुन् ।
त्यसै अवसरमा कलेजले वि.एच.एम २०२२ को सेमेस्टर परिक्षामा उत्कृष्ट ४ जिपिए ल्याएकी छात्रा लिना क्षेत्रीलाई २५ हजार रुपैंया छात्रबृत्ति प्रदान गरिएको थियो । त्यस्तै कलेजमा आयोजना गरिएको खेलकुद कार्यक्रमका विजेतालाई पुरस्कार वितरण गरिएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी गराउनु भयो ।
कार्यक्रम कलेजका शिक्षक अतिरिक्त कृयाकलाप प्रमुख सौगात लामिछानेको संयोजनमा भएको थियो । त्यस अवसरमा कलेजमा स्नाकोत्तर तहमा एम.बि.ए. मा भर्ना खुलेको समेत जानकारी गराईएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।