इन्टलेक्च्यूअलमा खेलकुद सप्ताह शुरु

1.1K

इन्टलेक्च्यूअलमा खेलकुद सप्ताह शुरु

बुटवल ५ माघ । बुटवल १३ कालिकानगर, मझुवामा रहेको इन्टलेक्च्यूअल एकेडेमी स्कुलमा मंगलवारदेखि खेलकुद सप्ताह शुरु गरिएको छ ।
विद्यार्थीलाई किताबी ज्ञान बाहेकका अतिरिक्त क्रियाकलापमा पनि जोड दिने उद्देश्यले प्रत्येक बर्ष खेलकुँद सप्ताह सञ्चालन गरिदै आएको छ ।
खेलकुद सप्ताहको पहिलो दिन मंगलवार कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्याथीकाबीचमा बेलुन ब्लास्ट, मिठाई दौड प्रतियोगीता सम्पन्न भएका छन् । त्यसैगरि कक्षा ४ देखि ९ सम्मका विद्यार्थी विचमा छात्र, छात्रालाई सदनात्मक रुपमा प्रतिस्पर्धा गराइएको थियो । सो अवसरमा कक्षा ४ देखि ६ सम्म जुनियर तथा ७ देखि ९ सम्मलाई सिनियर समुहमा विभाजन गरिएको थियो ।
सिनियर र जुनियर तर्फ गरि चम्चा दौड, बोरा दौड, सय मिटर दौड, साइकल दौडलगाएतका खेलमा सदनात्मक रुपमा प्रतिस्पर्धा गराइएको स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक सुरेशकुमार चौधरीले जानकारी दिनुभएको थियो । खेलकुँद सप्ताह शुक्रवारसम्म चल्ने बिद्यालयले जनाएको छ ।
त्यसैगरि बुटवल हाटवजार लाईनमा रहेको कान्तिपुञ्ज ईङ्गलिस बोडिङ्ग स्कुलले वार्षिकोत्सबको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ । गएको आईतबारदेखि मावि, निमावि र प्रावि तहका विद्यार्थीहरु विचमा विद्यालयले विभिन्न रचनात्मक कार्यक्रम गराएको हो ।
बिद्यार्थीकाबीचमा भलिवल, क्रिकेट, हाईजम्प, लगजम्प, वेलुनब्लास्ट लगायतका प्रतियोगिताहरु गराइएको विद्यालयले जनाएको छ । यहि माघ महिनामा आफ्नो वार्षिकोत्सब मनाउने तयारी गरेको विद्यालयले वार्षिकोत्सवको अवसरमा वर्षभरी भएका विभिन्न अतिरिक्त कृयाकलाप र शैक्षिक कृयाकलापमा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको विद्यालयका कार्यकारी निर्देशक अमरनाथ पाठकले जानकारी दिनुभयो । IMG_20160119_120917