तिलोत्तमा जेसीजमा रक्तदान

40

तिलोत्तमा जेसीजमा रक्तदान

तिलोत्तमा जेसीजमा रक्तदान कार्यक्रम गरिएको छ । रुपन्देहीको तिलोत्तमा क्रियाशिल तिलोत्तमा जेसीजले मणिग्राममा खुल्ला रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २१ जनाले रक्तदान गरेको तिलोत्तमा जेसीजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विकास गौतमले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तथा तिलोत्तमा जेसीजका पूर्वअध्यक्ष जयप्रकाश भट्टराईले रक्तदानको लागि स्वस्थ जीवन र स्वस्थ जीवनको लागि खेलकुद महत्वपूर्ण रहेको भनाई राख्नुभयो ।

तिलोत्तमा जेसीजका अध्यक्ष महेश शर्मा पौडेलले जेसीजले सामाजिक उत्तरदायित्व बहन गरी रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्नको लागि रगतको उपलब्धता र रक्तदान संस्कृतिको विकासको लागि खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
त्यस अवसरमा तिलोत्तमा जेसिसका पुर्वमहासचिव, नेपाल स्वयंसेवी रक्तदाता समाजका महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल, तिलोत्तमा जेसीजका पूर्वअध्यक्षहरु बासुदेव शर्मा, लोकमणी भन्डारी, बिनित भट्टराई, निवर्तमान अध्यक्ष प्रकाश गौतम लगायतले भनाई राख्नुभएको थियो । त्यसैअवसरमा तिलोत्तमा जेसीजका महासचिव प्रकाश न्याैपानेले समेत आफ्नो जन्मदिनमा रक्तदान गर्ने जुरेकोमा आभार व्यक्त गर्नुभयो ।