एसईई परीक्षा सुरु

10

एसईई परीक्षा सुरु

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । यहि चैत २७ गतेसम्म चल्ने परीक्षामा आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा चईरहेकाे छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ ।
एसईई परीक्षाका कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । जसमा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना छन् ।
परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।