शीर्ष तीन नेतालाई बिश्राम लिन आग्रह ः गगन थापा

शीर्ष तीन नेतालाई  बिश्राम लिन आग्रह ः गगन थापा

gagan
अर्घाखाँची ५ माघ । नेपाली काग्रेसका नेता गगनकुमार थापाले पार्टीका शीर्ष तीन नेतालाई सक्रिय राजनितिबाट बिश्राम लिन आग्रह गर्नु भएको छ । उहाले अबको नेतृत्व युबा पुस्तामा आउन सके मात्र काग्रेस नँया प्रकृयाबाट अगाडी बढ्न सक्ने बताउनु भयो ।
आगामी १३ औ महाधिवेशनमा सभापति कोईराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले अभिभाबकको जिम्मेबारी निर्बाह गरि युबा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्ने उहाँले बताउनु भयो ।
उहाले पाटीको सबै निर्णायक तहमा पदाधिकारीको भुमिका रहने भएकाले सबै पदाधिकारीमा युबाहरुको नेतृत्व हुनु पर्ने र पार्टीको नेतृत्व सम्हाल्न आफु जस्ता युबाहरु सक्षम रहेको उल्लेख गर्नुभयो ।
नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले शुशिल कोईरालाको नेतृत्वको समितिले संबिधान घोषणा जस्तो महत्वपुर्ण कार्य र पहिलो संविधान सभाको निर्बाचनमा दोस्रो दलको रुपमा रहेका पाटी दोस्रो निर्बाचनमा पहिलो पाटी बनाउन सफल भएको बताउनु भयो ।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार कछुवाको गतीमा अगाडी बढेको र यहि गति रहने हो भने देश बरबाद हुने बताउनु भयो । सरकारको एक सय दिनमा भएको काम शुन्य रहेको र यस्तै चाल रहने हो भने सरकार आफै ढल्ने नेता थापाको भनाई छ ।
गगन थापा नयाँ शक्तिमा जाने भन्ने कुराले आफूलाई दुःखी बनाएको बताउँदै उहाँले नँया शक्तिमा जान्छ भन्ने बिषयमा आफ्नो नाम जोडेर दुख नदिन नेता बाबुरामा भटराईलाई आग्रह गर्नु भयो ।
आफु काग्रेसको कार्यकता रहेको र काग्रेसलाई नै नँया शिराबाट अगाडी बढाउन चाहेको बताउदै आफ्नो नाम जाडेर काग्रेसका कार्यकता तथा युबा साथीहरुलाई नबहकाउन पनि आग्रह गर्नु भयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •