नारीका शेयर सदस्यहरुलाई क्षमता विकास तालिम

15

नारीका शेयर सदस्यहरुलाई क्षमता विकास तालिम

बुटवलमा सञ्चालित नारी बहुउद्धेश्य सहकारी संस्थामा शेयर सदस्यहरुलाई क्षमता विकास तालिम प्रदान गरिएकाे छ । सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रदान गरेकाे दुई दिने नेतृत्व विकास तथा उदघाेषण तालिममा प्रशिक्षक मनाेज भट्टराईले प्रशिक्षण गर्नुभएकाे थियाे ।
तालिमकाे समापनमा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले तालिममा सहभागिलाई प्रमाण पत्र प्रदान गर्दै महिलाकाे वाक कला र क्षमता विकासमा उल्लेखनीय सुधार हुने भनाई राख्नुभयाे । उहाँले नेतृत्वमा आउन चाहने महिलालाई यस प्रकारका तालिम अपरिहार्य हुने बताउनु भयाे ।

त्यसै अवसरमा संस्थाले प्रकाशन गरेकाे २०८१ सालकाे भित्ते पात्राे सार्वजनिक गरिएकाे थियाे । संस्थाकी अध्यक्ष गंगा गुरुङकाे अध्यक्षतामा भएकाे तालिमकाे समापन समाराेहमा तालिममा सहभागि शेयर सदस्यहरुले तालिममा धेरै कुरा सिक्ने अवसर पाईएकाे र सिकेका कुरालाई व्यबहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम संयाेजक समा श्रेष्ठकाे संयाेजनमा भएकाे कार्यक्रम कार्यालय प्रमुख प्रमिला जिसीकाे सञ्चालनमा भएकाे थियाे ।