पोर्चुगलको राजधानी लिस्बन निवासी रमेशराज बास्तोला र उहाकी श्रीमती वृन्दा रिजाल बास्तोला अहिले निकै तनावमा हुनुहुन्छ | हस्तलिखित पासपोर्ट एन आर एन पोर्चुगलले फिर्ता नगर्दा उहाले तनाव बेहोर्नु परेको हो | बास्तोलादम्पतीले लिस्बनमै प्रसासनिक कार्यको लागि तयारी गर्नुभयको छ तर मेसिन रिड एबल अर्थात् एम आर पी पासपोर्ट बनाउनको लागि संगै बुझायको हस्तलिखित फर्केर नआउदा अहिले उहाको कार्य अड्केर बसेको छ |
पोर्चुगलमा नेपाली दुताबास छैन | विगत देखि नै एन आर एन पोर्चुगलले पासपोर्ट आवेदन जम्मा गर्ने र नेपाली दुताबास पेरिस लैजाने र बनेका पासपोर्ट ल्याउने गरेको छ | तर नेपालको कानुन अनुसार यो पूर्ण रुपमा अवैधानिक मानिन्छ्| मानिन्छ | सोहि क्रममा बास्तोलाले गत नोभेम्बर २९ तारिख नया एम आर पिको लागि एन आर एन पोर्चुगल मार्फत फर्म भरेर १ सय ४६ यूरो बुझायाका थिय | त्यस्तै गरेर उनकी श्रीमती बृन्दाले डिसेम्बर ११ तारिख आवेदन दियकि थिइन् | आवेदन संगै हस्तलिखित पासपोर्ट एन आर एन पोर्चुगलले नेपाली दुताबास पेरिस बुझायो | तर अहिले सम्म उनीहरुको हस्तलिखित पासपोर्ट फिर्ता गरियको छैन | जसले गर्दा उनीहरुका थुप्रै कार्य अल्झनमा परेका छन |
सामान्यता एम आर पी बनाउनको लागि १ सय २० यूरो लाग्ने गरेको छ | तर एन आर एन पोर्चुगलले भने प्रति ब्यक्ति १ सय ४६ लिदै आयको छ | फर्म जम्मा गरेर महिना दिनमा पेरिस पुर्याइने गरिन्छ | कतिपय फर्महरू २ महिना सम्म उनीहरुकै कार्यलयमा हुने गरेको पनि पाइयको छ | यसरि पठायका फर्महरू दुताबासले रुजु गर्छ | उसले रुजु गरेपछि आफ्नो वेबसाइट सबै जानकारी दिने गर्दछ | तर यही जानकारीमा धेरैको फर्म पायको तर रकम प्राप्त नगरेको भनेर दुताबासले देखायपछी पोर्चुगलका धेरै नेपालीहरु अहिले मर्कामा परेका छन | यो मर्कामा पर्नेमा बास्तोला दम्पति पनि रहेका छन |त्यस्तै गरेर संदेश कार्कीले पनि १ महिना अघि रकम सहित एम आर पिको लागि आवेदन एन आर एन पोर्चुगल मार्फत पठायका थिय तर अहिले उनको रकम नपायको भन्दै दुताबासले सूचना निकालेपछि उनि थप तनावमा रहेका छन |
एन आर एन पोर्चुगलले प्रदान गर्ने बिल पनि गैर जिम्मेवारी पूर्ण तरिकाले दिइने गरेको पाइयको छ | रमेश बास्तोलालाइ सस्थाको छाप नै नभयको बिल दियको छ भने संदेश कार्कीलाई छाप भयको प्रदान गरेको छ | पिडित हरुका अनुसार सबै व्यक्तिलाई एकै किसिमको बिल दिने गरेको छैन |’ यो एन आर एनको गैर जिम्मेवार पूर्ण कार्य रहेको छ | रकम लिने अनि दुतावासमा नबुझ्याउने अनि हिनामिना गर्ने खालको ब्यबहार यसले प्रस्ट झन प्रस्ट परेको ‘रमेश बास्तोलाले भन्नु भयो ‘एन आर एनले गरेको यो कार्यलेर ढिलाइले गर्दा धेरै नेपालीहरु अहिले पिडामा छन |
अर्को तर्फ बिल र हस्तलिखित पासपोर्ट संगै एम आर पी समयमा नपाउनेको संख्या पनि उत्तिक्कै छ पोर्चुगलमा | लिस्बनमा बस्दै आयका सुमन निरौलाले ८ महिना सम्म एम आर पी पाउनुभयको छैन | बिगत ८ महिना अघि एन आर एन पोर्चुगल मार्फत फर्म भरेर बुझाय पनि समयमै पासपोर्ट बनेर आयन | पासपोर्ट समयमै बनेर नआय पछि निरौलाले दुताबास र नेपालमा बारम्बार ताकेता गर्दा बल्ल एम आर पी नेपालमा बन्न लागेको खबर सम्म पाउनुभयको छ | तर कहिले सम्म हात पर्छ टुंगो छैन | निरौला मात्रै होइन धेरै नेपालीहरु छन पोर्चुगलमा जसले महिनौ बित्त्दा पनि पासपोर्ट पाउन सकेका छैनन् | नेपालमा नेताको सोर्स फोर्स लगायर ढिलो भयको पासपोर्ट बनायर दुताबास मार्फत ल्याउने नेपालि पनि छन पोर्चुगलमा | तर सबैले चलाखी अपनाउन सक्दैन् | एन आर एनको भर पर्दा धेरै मर्कामा छन यहाका नेपालीहरु |
केहि समय अघि नेपाली बाणिज्य दुतावास भने स्थापना भयको थियो |नेपाल सरकारले बाणिज्य दुताबासलाई अहिलेसम्म कुनै पनि राहदानीको कार्य गर्न भनेर अनुमति दियको छैन | पिडित रमेश बास्तोलाले त्यहा स्थित बाणिज्य दुत मकर हमाल लाइ उधृत गर्दै भने ‘ मैले मकरजी संग सम्पर्क गरे तर उहाले आफुलाई नेपाल सरकारले अनुमति नदियको हुदा गर्न नमिल्ने र एन आर एनको विरोध गर्न पनि नमिलेको बताउनु भयको छ |’ पिडितहरुले दुताबास र एन आर एन पोर्चुगलको सेटिंगमा काम हुदा सबै ढिलाई र लापरवाही भयको बताउछन |नाम नलेख्ने सर्तमा एक पीडितले भने ‘हामीले बुझायको रकम एन आर एनले नै प्रयोग गरिरहेको छ जसमा दुताबासको पासपोर्ट शाखाको कर्मचारीको मिलोमतो उत्तिकै रहेको छ | नेपाल सरकारले तत्काल कारवाही सुरुवात नगरेसम्म पिडित सधै पिडामा हुनेछन |