फार्मेसीका विद्यार्थीलाई फार्मेसी प्राक्टिस प्रशिक्षण

300

फार्मेसीका विद्यार्थीलाई फार्मेसी प्राक्टिस प्रशिक्षण

नेपाल फार्मेसी संघ रुपन्देहीले फार्मेसी अध्ययन गर्दै गरेका विद्यार्थीलाई गुड फार्मेसी प्राक्टिसका विषयमा प्रशिक्षण गरेको छ । संस्थाको नियमित बैठकको अवसरमा सघले रुपन्देहीको बुटवल स्थित मायाँदेवी टेक्निकल कलेजमा अध्ययनरत फार्मेसी तेस्रो वर्षका विद्यार्थीलाई सम्वन्धित विषयमा प्रशिक्षण गरेको हो ।
संघका अध्यक्ष गणेश सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक रमेश खनालले गुड फार्मेसी प्राक्टिस (जी.पि.पि.)को विषयमा प्रशिक्षण गर्नुभएको थियो । संघका महासचिव उदयबहादुर खत्रीको सञ्चालनमा भएको कार्यक्रममा संघका कोषाध्यक्ष सुशिला वञ्जाडे, सहकोषाध्यक्ष सञ्जिता ढकाल लगायतको उपस्थिती रहेको थियो ।