एसईई दिएका विद्यार्थीलाई शैक्षिक गन्तव्य पहिचान सम्बन्धि प्रशिक्षण

59

एसईई दिएका विद्यार्थीलाई शैक्षिक गन्तव्य पहिचान सम्बन्धि प्रशिक्षण

एसईई दिएर बसेका विद्यार्थीलाई उच्च शिक्षा अन्ययनका लागि बुटवलमा शैक्षिक गन्तव्य पहिचान सम्बन्धि प्रशिक्षण गरिएको छ । विद्यार्थीलाई शैक्षिक गन्तव्य पहिचान गर्न सहज गराउन बुटवल जेसीजले एसईई दिएर बसेका विद्यार्थीलाई मंगलबार बुटवलमा डिफाईन योर फ्युचर विषयमा प्रशिक्षण कार्यक्रम गरेको हो ।
शैक्षिक गुणस्तर र विद्यार्थीको भविश्यलाई जोडेर कार्यक्रम आयोजना गरिएको बताउँदै बुटवल जेसीजका अध्यक्ष विनोद घिमिरेले विद्यार्थीलाई आफ्नो शैक्षिक गन्तव्य तय गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मोटिभेसनल प्रशिक्षक प्रितम पौडेलले विद्यार्थीलाई प्रशिक्षण गर्नुभएको थियो । फोरम फर हेल्थ साईन्सका लुम्बिनी प्रदेश अध्यक्ष प्रकाश राना, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शरद भट्टराई, प्याव्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे र हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसालले विद्यार्थीलाई मोटिभेशनल स्पिच गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष, बुटवल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेल, बुटवल जेसीजका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल महिला जेसीजकी अध्यक्ष संगिता ढकाल, महासचिव केशव श्रीसले भनाई राख्नुभएको थियो ।