अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा रक्तदान

53

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा रक्तदान

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्शमा शनिबार विहान रक्तसञ्चार सेवा केन्द्र बुटवलमा गरिएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका सचिव केशवराज पाण्डेले जानकारी गराउनु भयो ।
त्यस अवसरमा बोल्दै बुटवल उपमहागरपालिकाका नगरप्रमख खेलराज पाण्डेयले मानिसको जीवनसंग जोडिएको रगतको उपलब्धताको लागि रक्तदान गरेर उदाहरणीय काम गरेको भनाई राख्नुभयो । उहाँले बिराटनगरको जुट मिलबाट सुरु भएको मजदुर आन्दोलन विभिन्न कालखण्ड हुँदै अहिलेसम्म आईपुग्दा यसका आरोह अवरोहलाई आफूले नजिकबाट नियालेको बताउँदै व्यवस्था परिवर्तनमा समेत मजदुरको उल्लेखनीय योगदान रहेको स्मरण गर्नुभयो ।
त्यसैगरी नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठले अझैपनि मजदुरको अजस्था दर्दनाक रहेको बताउँदै व्यवस्था परिवर्तनको लागि सडकमा ओर्लीएका मजदुरलाई परिवर्तीत व्यवस्थाको जगमा उभिएको राज्यसत्ताले पनि मजदुरको व्यथा बुझ्न नसक्नु दुःखको कुरा रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्र्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकालले श्रमिकको हकहितको आन्दोलनमा रहेको नेपाल ट्रेड युनियन काँग्र्रेसले सामाजिक उत्तरदायित्व बहन गरी श्रमिक दिवसको सन्दर्भमा रक्तदान गरिएको बताउनु भयो । उहाँले यो केवल रक्तदान कार्यक्रम मात्रै नभएर एउटा सन्देश पनि भएको बताउनु भयो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्व श्रम संगठनको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरू गरिएको थियो । यसै दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले यहि बैशाख १९ गते सन्देशमुलक ¥याली तथा मजदुर सभा गरेको थियो ।