करेन्ट लागेर गुल्मीमा एकै परिवारका दुई बालकको मृत्यु

551

करेन्ट लागेर गुल्मीमा  एकै परिवारका दुई बालकको मृत्यु

TheKingdomOfNepal.com: Gulmi District Map

 गुल्मी। गुल्मीमा करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ ।हाडहाडे गाविसको मोहोरमारे-९ का नरेन्द पुनका दुई छोराको ज्यान गएको हो ।बुधवार बिहान बिजुलीको मिटर बक्सबाट आएको तार सट भएर करेन्ट लाग्दा ७ वर्षीय अनिष पुन र ५ वर्षीय मनिष पुनको मृत्यु भएको छ ।बालकहरुको घटना स्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख रबिन्द्र रेग्मीले जानकारी दिए ।घटनाबारे प्रहरीले अनुसन्धानको लागि भन्दै १ जनालाई नियन्त्रणमा लिएको छ । बालककी सहोदर आमाले छाडेर गएका कारण उनीहरु सौतेनी आमाको रेखदेखमा थिए ।