नारायण भट्टराई /
हामीहरुको स्वास्थ नै धन हो जीवनमा शरिर स्वस्थ्य रहनु महत्वपूर्ण पक्ष हो । हामीहरुको दैनिक भोजनको आधारमा हाम्रो शरिरमा उर्जा र शक्ति उत्पन्न हुन्छ । अस्वस्थ्यकर खानाले मानव शरिरमा नकरात्मक असर गर्दछ । खानाको असरले अहिले हाम्रो समाजमा बढीमात्रमा यी रोगहरु देखपरेका छन :-
१ रक्तचाप ,
२ कोल स्टोल,
३ मघुमेह ,
४ मोटोपन र
५ हृदयरोग
यी रोगहरु र अन्य पनि रोगहरुले मानिस दैनिक पिरोलिइ रहेको हामी पाउँछौ । सामान्य रुपमा प्रत्येक रोगको वारेमा सामान्य जानाकारी लिदा उपयुक्त हुन्छ नै :
१ रक्तचाप :-
जब कुनै मानिसको रगतको चाप सामान्यवाट बढी हुन्छ त्यसलाई रक्तचाप भनिन्छ । स्वस्थ व्यक्तिमा १२० वाट १३० mm र तल पट्टी ८० mm उपयुक्त मानिन्छ । मानसिक आवेग एवं शारीरिक श्रम अनुसार समय समयमा उपयुक्तबाट घटीवढी भएको मानिन्छ खानपान र आहार विहारको कारणबाट रक्तचापमा फरक पर्न सक्तछ । नून तेल ध्यू मासु र अन्य प्रोटिनयुक्त वस्तुको आवश्यकता भन्दा बढी उपभोग भएको खण्डमा रक्तचाप वढी हुन्छ । उपयुक्त मात्रमा खाद्य वस्तुको उपयोग नगरिएको खण्डमा रक्तचाप घटन पनि सक्छ । यो तालिका पनि हेरौ ।
Diagnosing high blood pressure
Meaning Top number (systolic) mm Hg Bottom number (diastolic) mm Hg
Optimal Less than 120 and Less than 80
Normal 120 to 129 and/or 80 to 84
High-normal 130 to 139 and/or 85 to 89
High Greater than 140 and/or Greater than 90
२ कोलस्टोल :-
कोलस्टोल मुटु आफैले पनि उत्पादन गर्दछ । अरु बढी मात्रामा हामीले खानामा प्रयोग गर्ने तेलको मात्रावाट पनि कोलस्टोल हुने गर्दछ । हाम्रो शरिरको मुख्य अंग भाग मुटु हो । मुटुमा नसाहरु धेरै हुन्छन तर मुख्य नसाहरु चार वटा हुन्छन । ति नसाहरुले हाम्रो शरिरमा चाहिने रगत पानी हावा आदि पुऱ्याउने काम गर्दछन । यसरी संचार गर्ने क्रममा तेलमा रहेको खराब तत्व नसाको भित्तोमा गई टासीने गर्दछ। यसैको बढ्दो रुप नै कोल स्टोल हो ।
३ मधुमेह अर्थात चिनीरोग:
हाम्रो शरीरलाई चिनी आवस्यक हुन्छ।आवश्यक मात्राभन्दा वढी चिनीको मात्रा हाम्रो शरिरमा उत्पादन भयो भने अर्थात हाम्रा अवयव हरुले चिनीलाई घोली हाम्रो शरिरमा रगतको माध्यमवाट उपयुक्त ठाउँमा पठाउन असंभव भएको खण्डमा पिसावको माध्यमवाट चिनी वाहीर आउने गर्दछ । चिनीको मात्रा कमी हुदा मानिसले आफू कमजोर भएको महसुस गर्दछ ।
४ मोटोपन :-
हाम्रो शरिरको बनावटको आधारमा आवश्यकता भन्दा वढी मासु जम्मा हुनु मोटोपन हो । जस्ले गर्दा मानिसलाई दैनिक कामकाज गर्न असजिलो हुनुका साथै स्वासप्रश्वस एवं अन्य रोगहरु लाग्ने संभावना हुन्छ ।
५ -हृदयरोग :
मानव शरिरको सवैभन्दा संवेदनशिल अंग मुटु हो । स्वास्थ मुटुले सिंगो मानिसलाई चलायमान गराउँदछ । मुटुका रक्तनलीहरु धेरै हुन्छन तर मुख्य नली जुन हुन्छ त्यस्को एउटा सानो भागमा खराब पदार्थ अर्थात लेउ जम्मा हुने गर्दछ जुन लेउको मात्रा मात्रात्मक रुपमा ७०% सम्म जम्मा हुदा हामी हरुलाई थाहा हुदैन । वाकी ३०% जम्मा हुदा नसामा रहेको पर्दा नै फुट्दछ र रक्तसंचार बन्द हुन गई मानिस एक या दुई घण्टा भित्रमा नै मृत्यूवरण गर्दछ । यसका लक्षणहरु के के हुन त सामान्यरूपमा हिडडुल गर्दा पनि सास बढ्ने मुटु दुख्ने, बस्दा सुत्दा छोडेजस्तो हुने, पुन: फेरी दुख्ने, शरिर थाकेको महसुस हुने, चिसा पसिना आउने, वाकवाकी लाग्ने, खानाखान मन नलाग्ने आदि यस्का लक्षणहरु हुन् । हृदयलाई स्वास्थ राख्नकालागि तेलहन र पशुजन्य वस्तुहरुको प्रयोग नै बन्द गर्नु पर्दछ । यस्ता प्रकारका खतरनाक रोगवाट बच्नका लागि हामी समय समयमा अस्पतालमा गई शरिरका अंगहरु देखिने खाले फोटा खिचाई रोगको वारेमा जानाकारी लिनु आवश्यक ठानिन्छ । हृदयघात आफू एक्लै केही गर्दैन माथिका रोगहरु वस्य नभएको खण्डमा हृदयघातले उग्ररूप लिने गर्दछ । यस रोगले युवा अवस्थाका मानिसहरुलाई वढी असर गरेको पाईन्छ’ किनकी युवाहरुले खानामा अलिक फरक सोचाई राखेका हुन्छन । यी रोगहरुबाट बच्नका लागि हामी विद्यालयस्तर बाट नै स्वास्थ सम्बन्धि ज्ञान दिनु जरूरी हुन्छ । हामीले दैनिक उपभोग गर्ने खानाहरुमा आटोपिठो, रोटी साग, सिस्नो, हरियोपरियो वस्तुहरु र हल्का नून पानीको मिश्रणबाट निर्मित तरकारी कुनै किसिमको तेल विनानै खाद्य वस्तु बनाउन र खान सकिन्छ । हामीलाई आवश्यक पर्ने तेलको मात्रा हरियो साग फलफूल खाद्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । हामीले परहेज गर्नु पर्ने वस्तुहरु धुमपान र मद्यपान आदिको सेवन नगरेको खण्डमा हामीले सुखी जीवन जिउन सकिन्छ । धुमपान र मद्यपानले हाम्रो मुटुका नसाहरुमा गई रगत पानी हिडने वाटो बन्द गराउने संभावना हुन्छ ।
(लेखक भट्टराई सेवा निवृत शिक्षक हुनुहुन्छ ।)