बाबुरामको नयाँ शक्ति ‘लेफ्ट डेमोक्रेटिक’ हुने

322

बाबुरामको नयाँ शक्ति ‘लेफ्ट डेमोक्रेटिक’ हुने

baburam

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा बन्न लागेको ‘नयाँ शक्ति’को राजनीतिक दर्शन ‘लेफ्ट डेमोक्रेटिक’ हुने भएको छ ।करिव ४० बर्षसम्म कम्युनिष्ट राजनीति गरेका र १० बर्षसम्म जनयुद्धको नेतृत्व गरेका बाबुरामले नयाँ बनाउन लागेको पार्टीको नाममा भने ‘कम्युनिष्ट’ शब्द नराख्ने भएका छन् ।बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफल गर्दै भट्टराईले नयाँ शक्तिको राजनीतिक दर्शन लेफ्ट डेमोक्र्याट हुने बताए । उनले भने-मेरो विचारमा आइडोलोजी ‘लेफ डेमोक्र्याट’ हुन्छ । नाम फरक राख्दा हुन्छ । कम्युनिष्ट नै राख्न जरुरी छैन ।’भट्टराई नयाँ संविधान बनेपछि एमाओवादी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा जुटेका छन् । अहिलेसम्म अभियानमा केन्द्रीत रहेका उनी अब संगठनिक स्वरुप दिने तयारीमा छन् ।भट्टराईले नयाँ शक्ति किन आश्वश्यक भनेर चार आधार अघि सारेका छन् । उनको पहिलो तर्क छ, अब नेपालमा विकास र सम्बृद्धिको युग सुरु भएको छ । यसका लागि युद्ध, आन्दोलनको ढाँचामा बनेको पार्टीले चल्दैन । त्यसैले आफूले माओवादी छाडेको उनले बताए ।भट्टराईको दोस्रो तर्क छ, सहभागिता मुलुक लोकतन्त्र । अहिलेको पार्टीहरुमा कि खस आर्य समुदायको बर्चश्व छ कि क्षेत्रीयतावादी पार्टीहरु छन् । तर, नेता जस्तो विविधतायुक्त देशमा खस-आर्य, आदिजासी जनजाति र मधेसी तीन क्लस्टरलाई समेट्ने शक्ति चाहिने उनले बताए ।तेस्रो, भ्रष्टाचारमुक्त आचरणः भट्टराईका अनुसार निजी क्षेत्र र उद्योग धन्दा विकास नभएकाले राज्य शक्तिको दोहन भइरहेको छ । ‘कि कतार दुवइ जान्छन् कि पार्टीमा लागेर राज्य सत्ताको दोहन गर्नछन्’ भट्टराईले भने-पार्टी राजनीति भनेको भ्रष्टाचारको पर्याय जस्तै भएको छ ।’

अब भ्रष्टाचारमुक्त आचरणका लागि पनि नयाँ शक्ति चाहिएको पूर्व प्रधानमन्त्री भट्टराईको तर्क छ । अहिलेको चुनाव प्रणाली निकै खर्चिलो छ । अब नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक व्यवस्थापिकाको प्रस्ताव अघि सार्ने उनले बताए । उनले भने, चुनाव खर्च राज्यले दिने व्यवस्था हुने हो भने भ्रष्टाचारको जरा नै काटिन्छ ।’

चौथो, भारत र चीनसँगको सम्वन्धः नेपालको विकास गर्ने हो भने दुबै छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्वन्ध राख्नु पर्ने भट्टराईले बताए । कांग्रेसलाई भारतसँग नजिक र कम्युनिष्टहरुलाई भारत विरोधीका रुपमा हेरिएको भन्दै भट्टराईले भने-अब त्यसरी हुँदैन । भारत र चीनलाई चिढ्याउने होइन, नेपालको हितलाई केन्द्रमा राखेर पुल बन्नुपर्छ ।’

उसो त नयाँ शक्ति निर्माणमा लागेपछि यदाकदा भट्टराईलाई भारत परस्तको आरोप समेत लागेको छ । तर, भट्टराई भन्छन्, हिजो हामीले भारतविरुद्ध नारा लगाएकै हो र त्यस्ता धेरै कार्यक्रमको नेतृत्व बाबुराम भटट्राईले नै गरेको हो । भारतको हस्तक्षेपका कारण नेपाल पछि पर्‍यो भन्ने बढी म नै हुँ ।’

अहिले किन परिर्वतन भन्ने प्रश्न उठेको छ । तर, भट्टराई ०५८ देखि नै घोषित रुपमा थोरै परिर्वतन भएको बताउँछन् । उनले भने, हामीले जनयुद्धको सुरु गर्ने बेलामा जनतामा राष्ट्रियताको भावना जगाउन गरियो । संसदवादीहरु कमजोर भए र आक्रमणको केन्द्रमा राजतन्त्र आयो । त्यसपछि संसदबाट दलहरु र भारतप्रति थोरै लचिलो नीति लिइयो ।’