फार्मेसी बिद्यार्थीलाई लागु औषध तथा मनोद्विपक औषधि सम्वन्धि प्रशिक्षण

308

फार्मेसी बिद्यार्थीलाई लागु औषध तथा मनोद्विपक औषधि सम्वन्धि प्रशिक्षण

नेपाल फार्मेसी संघ रुपन्देहीले फार्मेसीका बिद्यार्थीलाई लागू औषध तथा मनोद्विपक औषधि सम्मन्धि अभिमुखिकरण गरेको छ । संघले शुक्रबार बुटवलमा कार्यक्रमको आयोजना गरी विभिन्न कलेजमा फार्मेरी अध्ययन गर्ने तेस्रो वर्षको विद्यार्थीलाई प्रशिक्षण गरेको हो ।
उक्त प्रशिक्षणमा मायादेवी टेक्निकल कलेजमा अध्ययनरत बिद्यार्थी तथा फर्मासिष्टहरुलाई लागू औषध तथा मनोद्विपक औषधि सम्मन्धि प्रशिक्षण गरेको हो । त्यस्तै क्रमश: फार्मेसी अध्ययन हुने लिट्स, आम्दा अस्पताल र देउराली जनता प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई पनि प्रशिक्षण गरिने संघले जनाएकाे छ ।
कार्यक्रममा बोल्दै नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले प्रशिक्षणले औषधिको क्षेत्रमा प्रवेश गर्ने तयारीमा रहेका विद्यार्थी मात्रै नभएर प्राक्टिस गरिरहेका फार्मासिष्टहरुले पनि लाभ लिन सक्ने बताउनु भयो । उहाँले लागु औषधको विषयमा अलि कडा कानुन पनि भएकाले कानुनको अनविज्ञताले हुने आउन सक्ने सम्भावित समस्या आउन नदिनको लागि तालिम महत्वपूर्ण रहेको भनाई राख्नुभयो ।
त्यस्तै संघका अध्यक्ष गणेशप्रसाद सेढाईले औषधिको ज्ञानको अभावमा औधिको दुरुपयोग पनि हुन सक्ने भएकाले कानुनी ज्ञान समेत प्रदान गर्नको लागि प्रशिक्षण कार्यक्रम गरिएको बताउनु भयो । औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फर्मासिष्ट हुनु पर्ने बताउँदै फर्मासिष्टलाई पपनि कानुनी र व्यवहारिक ज्ञान आवश्यक देखिएको बताउँदै तालिमले सम्भावित समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षणमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षण दिपेन्द्र बानियाले लागू औषध दुर्वयसनी तथा फार्मेसीको भूमिका र त्यस भित्रका कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण गर्नुभएको थियो । त्यस्तै औषधि व्यवस्था विभागका औषधि निरीक्षक चतुर्भुज धमाडी र अर्का औषधि निरीक्षक अप्सन पियाले सम्वन्धित विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम भट्टराई, फार्मेसी संघ रुपन्देहीका उपाध्यक्ष चोपलाल सापकोटा, महासचिव उदयबहादुर खत्री लगायतले भनाई राख्नुभएको थियो ।