नेपालकै पहिलो स्कुटल स्कुल बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेको वेष्टर्न मेगा कलेजका विद्यार्थीलाई महिनावारी स्वास्थ्य (मेन्सुरेशन हेल्थ) सम्बन्धि प्रशिक्षण गरिएको छ । कलेजमा विएचएम अध्ययन गर्ने विद्यार्थीलाई मेन्सुरेशन हेल्थ, स्वच्छता र रोकथाम विषयमा प्रशिक्षण गरिएको हो ।
कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा. ज्योती राना र न्यूरो सर्जन विशेषज्ञ डा. राजु लिम्बुले महिलामा गम्भिर रुपमा देखिने स्त्रिीरोग तथा महिनावारीको बेला हुने विभिन्न समस्याहरुको पहिचान, उपचार विधि, सरसफाई तथा निराकरणका उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
महिनावारी महिलामा हुने प्राकृतिक नियम हो । यस सम्बन्धि उचित ज्ञानको अभावमा धेरैका लागि यो समस्या पनि बनिरहेको छ । जसले गर्दा विशेष गरेर किशोरीहरुले मानसिक तथा शारीरिक समस्या खेप्न बाध्य छन् । यस्ता समस्याहरुको बारेमा उचित ज्ञान प्रदान गरी सम्भावित समस्याको राकथामका लागि कार्यक्रम राखिएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी गराउनु भयो ।
कार्यक्रममा कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी र बि.एच.एम. अध्ययन गर्ने बिद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख सौगात लामिछाने र कल्पना न्यौपानेको संयोजनमा भएको थियो ।
