अवको ४० दिनमा सरकारको हिसाव किताव हुन्छ- थापा

440

अवको ४० दिनमा सरकारको हिसाव किताव हुन्छ- थापा

12571311_1240140072681611_35500871_n
बुटवल,माघ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकारको रवैया अहिलेको जस्तै कायम रहेमा अबको ४० दिनपछि नयाँ सरकार गठन हुने दाबि गर्नु भएको छ ।
बर्तमान सरकार पूरै असफल भएको जिकिर गर्दै नेता थापाले यहि सरकारलाइ लम्ब्याइरहे जनतालाइ पूरापूर अन्याय हुने समेत दावी गर्नु भयो ।
नेपाल प्रेस यूनियन रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले बर्तमान सरकारले जनतालाई राहात दिनका लागि कुनै प्रयत्न नै नगरेको भन्दै सरकारको दिनगन्ती सुरु भइसकेको पनि बताउनु भयो ।
उहांले सरकार चलाउने तरिका नै ठिक नभएको भन्दै अबको चालिस दिनसम्म पनि सरकारको पारा यहि भए सरकार आफै समाप्त हुने जिकिर गर्नु भयो ।
ओली सरकारलाइ अबको ४० दिन सुध्रिने मौका रहेको भन्दै नसुध्रिए कांग्रेसको तैह्रौ महाधिबेशन पछि सरकार परिबर्तन भैछाड्ने ठोकुवा गर्नु भयो ।
सरकारको सय दिन उपलब्धिविहिन र जनता निराश पार्ने गरि वितेको भन्दै उहांले अब सरकारको कडा ओलोचना शुरु हुने पनि बताउनु भयो ।
नेता थापाले भन्नु भयो –‘यो सरकार नै होइन फरकफरक रंगको जर्सि लगाएर एउटै समूहमा चौरमा उत्रिएको फुटवल क्लव जस्तो हो ,यसमा न त रेफ्रिले भनेको कसैले मान्छन् नत कसैले गोल नै गर्छन ,बरु आत्मघाति गोल गरेका छन् ।’
उहांले सरकारले तराई मधेशको समस्याका बारेमा संवेदनशिल हुन नसक्दा मुलुकमा समस्या निम्तिएको समेत दोहोर्याउनु भयो । मधेश आन्दोलन र सिमांकनलाइ हेर्ने दृष्टिकोण परिबर्तन जरुरी रहेको थापाको भनाइ छ ।
काँग्रेसको १३ औं महाधिवेशन नजिक आइरहेका बेला जिल्ला दौडाहाका क्रमममा रुपन्देही आइपुग्नु भएको थापाले काँग्रेसलाई रुपान्तरण गर्नका लागि नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको बताउनु भयो ।
अबको सभापतिले पार्टिको ४ बर्षे योजना,खाका,स्पष्ट ल्याउनुपर्ने बताउदै उहांले हचुवाका भरमा नेतृत्वले उम्मेदबारी घोषणा गर्दै हिड्ने छुट अब दिन नहुने बताउनु भयो । उहांले अब आफू महामन्त्रीमा लड्ने समेत दोहोर्याउनु भयो ।
कार्यक्रम युनियन सभापति बिक्रम खड्काको अध्यक्षता तथा सचिब कबिन्द्र नेपालको संचालनमा भएको थियो ।