नेतृत्व पाए सबै समस्या समाधान गर्छु -देउवा

475

नेतृत्व पाए सबै समस्या समाधान गर्छु -देउवा

deupaaaa
बुटवल,माघ । नेपाली काग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले पार्टीको आसन्न १३ औ महाधिबेशनलाई एकताको महाधिबेशन बनाउने बताउनु भएको छ ।
नेपाली काग्रेस रुपन्देहीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता देउवाले महाधिबेशन पछि पार्टीमा गुट उपगुट नरहने दावी समेत गर्नु भएको छ ।
नेपाली काग्रेसलाई एकताबद्ध बनाउनका लागि आफुले निरन्तर दुख गरिरहेको बताउदै अबको महाधिबेशनमा पार्टी सभापतिमा विजयी बनाउन उहाले कार्यकता माझ आग्रह गर्नु भयो ।
आफु सभापति भएपछि पार्टीलाई नयां ढङगले लैजाने उल्लेख गर्दै नेता देउवाले पार्टीमा आफुले कुनै अन्याय नगरेको उल्लेख गर्दै एक पटक आफुलाई न्याय दिलाउन आग्रह गर्नुभयो ।
आशन्न महाधिबेशनलाई लक्षित गर्दै देश दौडाहमा रहनुभएका बरिष्ठ नेता देउवासंग आउनु भएका आधादर्जन बढी केन्द्रिय सदस्यले आशन्न महाधिबेशनले नेतृत्व परिवर्तन गर्ने बताउनु भएको थियो ।

deupp
पार्टी सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्यहरु बालकृष्ण खांण, डा. प्रकाश शरण महत, चन्द्र भणडरी, गंगन कुमार थापा, गाविन्द भट्टराई, श्याम घिमिरे, सुरेन्द्र पाण्डे लगाएतले बोल्दै नेपाली काग्रेस जे बोल्छ त्यही गर्दछ, जे गर्दछ त्यहि बोल्दछ भन्दै नेताहरुले शुशिल कोईरालाले १२ औ महाधिबेशनमा आफुलाई एक पटकका लागि पार्टी सभापतिका लागि सहयोग गर्न गरेको आग्रह अनुसार सभापतिमा बिजयी बनाएको बताउदै अबको महाधिबेशनमा बरिष्ठ नेता देउवालाई बिजयी बनाउन आग्रह गर्नु भएको थियो ।
सो अबसरमा नेपाली काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, सिद्धार्थनगर सभापति सुरेन्द्र जंग थापा लगाएतले बोल्दै महहाधिबेशन पछि पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।