पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, पर्वत, वागलुङ, कपलिबस्तु, प्युठान, लगायतका जिल्लाबाट बसाईसरि रुपन्देही तथा बुटवलमा झर्ने गरेका छन् । उच्च शिक्षाको लागि समेत बुटवल आउने क्रम पनि बढ्दो छ । निजि तथा सामुदायीक बिद्यालयहरुको अवस्था समेत निकै सुधारिएका छन् ।
नयाँ आएका मानिसलाई बुटवलको बारेमा सबै कुराको जानकारी नहुन पनि सक्छ । त्यस्तै साना बालबालिकालाई झन् थाहा हुने कुरै भएन । अहिले स्थानीय पाठ्यक्रम ‘हाम्रो बुटवल’ले बुटवल आएका नयाँ मानिसहरु र बालबालिकालाई बुटवल चिनाउने काम गरेको छ ।
त्यहि कारणले सामुदायीक बिद्यालयमा भर्ना गर्नको लागि प्रवेश परिक्षा समेत गर्न थालेका छन् । देशभरमा बिद्यार्थी धेरै हुने बिद्यालयमा समेत बुटवलका बिद्यालय पर्दै गएका छन् । गुणस्तरीय शिक्षा सबैको पहुँचमा पु¥याउन विद्यालय पूर्वाधार विकास कार्यक्रम, स्थानीय पाठ्यक्रम पुनर्निर्माण तथा संशोधन, क्याम्पस पूर्वाधार विकास कार्यक्रम लगायत विद्यालय तथा क्याम्पसहरूको भौतिक तथा शैक्षिक विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
‘गुणस्तरीय शिक्षा सबैको पहुँचमा पु¥याउनका लागि हामिले विद्यालय पूर्वाधार विकास कार्यक्रम, स्थानीय पाठ्यक्रम पुनर्निर्माण तथा संशोधन, क्याम्पस पूर्वाधार विकास कार्यक्रम गरिरहेका छौँ । यसले विद्यालय तथा क्याम्पसहरूको भौतिक तथा शैक्षिक विकासका लागि विशेष कार्यक्रमहरू भईरहेको छन् ।’ नगरप्रमुख पाण्डेले भन्नुभयो ।
बुटवल उपमहानगरपालिकाकाप्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले उपमहानगरको आन्तरिक स्रोतबाट मात्रै यो वर्ष शिक्षामा साढे आठ करोडभन्दा बढी बजेट छुट्याइएको छ । बुटवलले प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल १६ मा कृषिविज्ञान (बिएससिएजी) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
बुटवलमा पारा मेडिकल र नर्सिङ विषयको अध्ययन यसै वर्षदेखि सुरु भएको छ । यसले दक्ष जनशक्ति उत्पादनमा पनि भूमिका निर्वाह गर्ने नगरप्रमुख पाण्डेयले बताउनुभयो ।
बुटवल चिनाउने स्थानीय पाठ्यक्रम
बुटवल उपमहानगरमा स्थानीय पाठ्यक्रम सहितका पुस्तकहरु हरेक कक्षामा राखिएका छन् । बुटवल उपमहानगरपालिकाको ऐतिहासिकता तथा यसको महत्वको बारेमा जानकारी गराउनको लागि पुस्तक राखिएको उपमहानगरपालिले जनाएको छ । अभिभावकहरु पनि स्थानीय पाठ्यक्रमले निकै प्रभावकारी बन्दै गईरहेको बताउँन् ।
बुटवल कालिका माबिमा अध्ययन गर्ने लक्ष्मी शर्माले पुस्तकमा रहेका कुराहरु हेर्दै बुटवल क्षेत्रमा घुम्ने स्थानको बारेमा थाहा पाएको बताउने गरेको अभिभावक दुर्गा शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो छोरीले कक्षा ४ मा अध्ययन गर्छिन, उनलाई बुटवलको बारेमा धेरै थाहा थिएन, हामि कपिलबस्तुबाट आएका हाँै । उनी अहिले बुटवलको यो यो क्षेत्रमा यस्तो यस्तो कुरा छ भन्न थालेकी छन्् । आफ्नो क्षेत्रको बारेमा जानकारी गराउने गरि निकालिएको पुस्तक हाम्रो बुटवल मलाई प्रभावकारी लाग्यो ।’
अर्का अभिभावक बसन्त बरालका छोरा छोरी नै बुटवलमा अध्ययन गर्दछन् ।उनीहरुले पनि बुटवलका गतिबिधि र ऐतिहासिकताको बारेमा बुझिरहेका छन् । उनीहरुले बुझेका बिषयको बारेमा आफुसंग छलफल गर्दा निकै उत्साहित हुने गरेको बराल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो–‘हामी पोखराको बासिन्दा हाँै, तर बुटवल बस्न लागेको ८ वर्ष जति भयो, यो समयमा हामीले छोराछोरीलाई बुटवलका केही स्थान त घुमायौँ होला तर हामीले घुमाएका स्थान भन्दा धेरै कुराहरुको बारेमा उनीहरुले पुस्तकबाट थाहा पाएका छन् । ऐतिहासिकताको बारेमा छलफल गर्छन निकै खुसि लाग्छ ।’ यद्यपी बिद्यार्थीलाई एक पुस्तक थप्नु भार भएको भन्दै यस कामको आलोचना हुने भएपनि पछिल्लो समय देशका धेरैजसो पालिकाले स्थानीय पाठ्यक्रम शुरु गरेका छन् ।