तत्काल निर्णय नसच्चाए कडा संर्घष गर्ने युनियनको चेतावनी

388

तत्काल निर्णय नसच्चाए कडा संर्घष गर्ने युनियनको चेतावनी

cdo officeबुटवल,माघ । नेपाल पत्रकार महासंघका सस्थापक सभापति एवम् पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा अघिल्लो सरकारले गठन गरेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रतिष्ठानबाट बर्तमान सरकारले कृष्णप्रसाद भट्टराईको नाम हटाउने निर्णय प्रति नेपाल प्रेस युनियन रुपन्देहीले गंभिर असहमति जनाएको छ ।
बर्तमान सरकारको मन्त्री स्तरीय निर्णयले कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रतिष्ठानबाट भट्राईको नाम हटाई राष्ट्रिय आमसञ्चार प्रतिष्ठान मात्र राख्ने वर्तमान सरकारको निर्णयप्रति युनियन रुपन्देहीले गंभिर असहमति जनाउदै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ ।
युनियनले आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउदै शुशिल कोईराला नेतृत्वको सरकारले गरेको निर्णयलाई वर्तमान सरकारले उल्टाएर कार्यन्वयनमा ल्याएर कडा आनदोलनमा उत्रिने चेतावनी दिएको छ ।
स्व. कृष्ण प्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले सस्थापक सभातिको रुपमा मरणोप्रान्त पनि पटक पटक सम्मान गरेकाले सरकारले यस बिषयमा राजनीति गर्नु जायज नभएको युनियनले ठहर गरेको छ ।
युनियनले प्रधानमन्त्रीलाई पठाएको बिज्ञप्तीमा सुशील कोइराला नेतृत्वको सरकारले गरेका निर्णय वर्तमान सरकारले उल्ट्याएको खबरले देशभरका सञ्चारकर्मीलाई निरासा बनाएको बताउदै त्यो निर्णय नसच्चाइए आफूहरुलाई मान्य नहुने भन्दै दलगत आधारमा निर्णय गर्न नहुने उल्लेख गरिएको छ ।
बिज्ञप्ती हस्तान्त्रण कार्यक्रममा युनियनका पुर्व केन्द्रिय सदस्य रामराज पोखरेल, युनियन रुपन्देही सभापति बिक्रम खड्का सहित पदाधिकारी, कार्यसमिति सदस्य तथा युनियनसंग सम्बद्ध सञ्चारकर्मीको उपस्थिीति रहेको थियो । बिज्ञप्ती बुझदै प्रजिअ ढकालले आफुले तत्कालै प्रधानमन्त्री समक्ष पुर्याउने बताउनु भयो ।