वेस्टर्न मेगा कलेजमा रक्तदान : ६० प्रिन्ट रगत संकलन

37

वेस्टर्न मेगा कलेजमा रक्तदान : ६० प्रिन्ट रगत संकलन

नेपालकै पहिलो स्कुटल वेस्टर्न मेगा कलेजमा रक्तदान गरिएको छ । गर्मी मौषममा डेंगु, मलेरिया लगायतका रोगहरु फैलिने र त्यस्तो समयमा रगतको अभाव हुन नपाओस भन्ने उद्देश्यले आईतबार कलेजमा रक्तदान कार्यक्रम गरिएको हो ।
कलेजले सामाजिक उत्तरदायित्व बहन गरी आयोजना गरिएको रक्तदान कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक, कर्मचारी तथा आरम्भ ग्रुफ आफ हस्पिटालिटीमा कार्यरत कर्मचारी समेत गरी ६० जनाले रक्तदान गरेको कलेजकी शिक्षक कल्पना न्यौपानेले जानकारी गराउनु भयो ।
त्यस अवसरमा कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले विद्यार्थीलाई पाठ्यपुस्तक सहित अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउनको लागि निरन्तर अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत समान रुपमा लैजाने नीति लिईएको बताउनु भयो ।
कार्यक्रम कलेजका अतिरिक्त कियाकलाप संयोजक सौगात लामिछाने तथा कल्पना न्यौपानेको संयोजनमा भएको थियो ।