ब्रसेल्स/बेल्जियम
नेदरल्याण्ड्सबाट नेपाली गिती एल्वम संकल्प सार्वजनिक हुने भएको छ । हाल नेदरल्याण्ड्स वस्दै आएका शालिक गौतमको शब्दहरुलाई नेपाली साँगितक क्षेत्रका नवोदित संगितकार तथा गितकार आलोक शर्माको संगित रहेको गिती एल्वम संकल्प सार्वजानिक हुने भएको हो ।
एल्वममा एउटा वियोगान्त प्रेम गित, २ संयोगान्त प्रेमगितहरु र एक एक ओटा राष्टिय तथा आइटम गित संलग्न रहेका छन् । विषेश गरेर सवै खाले गितका पारखीहरुका लागि एकै एल्वममा भिन्न खालका गितहरु राखिएको हो । गितमा नेपाल ख्याती प्राप्त गायका गायिका क्रमश प्रमोद खरेल, बानिका प्रधान, भानुभक्त ढकाल, आलोक शर्माको स्वर रहेको छ । संकल्प गिती एल्वम विषेश गरेर डायस्पोरामा विक्री वितरण गरिने लक्ष्य लिइएको छ । विमोचन पश्चात युरोप, मध्य पुर्व, अस्ट्लियामा विक्री वितरण गरिने लक्ष्य रहेको छ ।
‘संकल्प गिती एल्वमको महत्वपुर्ण पक्ष भनेको यो सामाजिक परियोजना हो । यसबाट संंकलित रकम नेपालको कुनै विद्यालयको स्तरउन्नतीमा खर्च गरिने छ’ रचनाकार शालिका गौतमले लुम्बिनी अनलाइनलाइ भने ‘पहिलो प्रयास भयको हुदा सबैले मन पराइदिनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त रहेको छु |’
संकल्पमा समावेस रहेको प्रमोद खरेलको स्वर रहेको दुई दिने माया लायौको म्युजिक भिडियो नेदरल्याण्ड्समा छायाँकन गरिएको छ जुन युट्युवमा सार्वजानिक भै सकेको छ । जस्को छायाँकन अर्पण पोखरेल, र अभिनयमा सुनिता बुढाथोकी, अनिष गिरी र रिक्सम पुन रहेका छन् ।