बुटवल,माघ ।नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अब पार्टिभित्रको किचलो र गुटबन्दी आफूले अन्त्य गर्ने बताएका छन् ।
गिरिजाबाबुले र आफूले मिलेर पार्टि एकिकरण गरेको स्मरण गर्दै उहाको निधनपछि सबैजिम्मेबारी आफ्नो कांधमा आएको उनले बताए ।‘अब सबै जिम्मेबारी मैले निर्बाह गर्छु,यो मेरो जिम्मेबारी र कर्तब्य पनि हो ।’ बुटवलमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै उनले आफू पार्टि सभापति भएमा मधेशमा जारी आन्दोलन,सिंमाकन र मधेश र पहाड बिचको खाडल समेत पुर्ने उल्लेख गरे ।‘अब पार्टि एकढिक्का बनाउने जिम्मा मेरो हो,कसैलाइ पाखा र कसैेलाइ पाखा नगरेरै पार्टी अघि बढ्छ,त्यसैले मलाइ अब सहयोग गर्नुस्’– उनले भने ।देउवाले आफ्नो नेतृत्वमा कांग्रेस बहुमत ल्याउन सक्ने र सबैभन्दा ठूलो र बलियो पार्टि बनाएर देखाउने समेत उद्घोष गरे ।कांग्रेसमा देखिएको गुट उपगुट सदाका लागि अन्त्य गर्दै,संबिधान कार्यान्वयनमा मेरो अहम भूमिका रहनेछ उनले भने ।पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता देउवाले कांग्रेस नेतृत्वले मात्रै देशलाई सही दिशा र गन्तव्यमा पुर्याउन सक्ने भएकाले महाधिबेशनले पनि त्यसलाइ महत्व राख्ने बताए । देउवाले लुम्बिनीमा बिश्वको आखां गडेको भन्दै उचित ढंगले बिकासका लागि आफू लागिपरेको भन्दै उनले भगवान गौतम बुद्धको पवित्र जन्मथलो ठूलो शहर बन्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले २४ बर्षमै नेबिसंघको सभापति बनेका शेरबहादुरलाइ सभापति बनाउन सबै लाग्न अनुरोध समेत गरे । १३ औं महाधिबेशनपछि कांग्रेसमा नयां कोर्ष शुरु हुने र संबिधान कार्यान्वयन हुने उनको भनाइ छ ।
अर्का केन्द्रिय सदस्य चन्द्र भण्डारीले पार्टीलाई सही दिशामा हिडाल्नका लागि महाधिबेशनले ठूलो महत्व राख्ने बताउदै सबैको बिचार समेट्ने नेतृत्वको खोजी गर्ने बेला आएको बताए ।क्षेत्रिय सभापती हरि वहादुर आचार्यको अध्यक्षनतामका भएको कार्यक्रममा केन्द्यि सदस्य श्याम घिमिरे, पार्टि सभापती अब्दुल रज्जाक,काजिमान श्रेष्ठ लगायतले बोल्नु भएको थियो
कार्यक्रममा अन्यपार्टि छाडेर १ दर्जन युवाहरु नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । क्षेत्रिय सभापति हरिबहादुर अाचार्य क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन क्षेत्रिय सचिब काजिमान श्रेष्ठले गरेका थिए । कार्यक्रममा १ दर्जन केन्द्रिय नेताहरुकाे समेत सहभागिता रहेकाे थियाे ।