किसुनजीको नाम हटाएको बिषयमा महासंघ बिभाजित

544

किसुनजीको नाम हटाएको बिषयमा महासंघ बिभाजित

ppकाठमाडौं । सरकारले राष्ट्रिय आम संचार प्रतिष्ठानबाट नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाम हटाएको बिषयमा नेपाल पत्रकार महासंघको नेतृत्व बिभाजित भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले सरकारको सो कदमका बिरुद्धमा आवाज उठाउन अस्वीकार गरेपछि महासंघका उपाध्यक्ष अनिता बिन्दुको नेतृत्वमा ५ जनाले सरकारको सो कदमको बिरोध गर्दै बिज्ञप्ती निकालेका छन् । उपाध्यक्ष अनिता बिन्दु सहित केन्द्रीय सदस्यहरु माधव दुलाल, प्रकाश तिमिल्सिना, शितल महतो र लेखा समिति सदस्य रन्जना पौडेलले सरकारले राष्ट्रिय आम संचार प्रतिष्ठानबाट भट्टराईको नाम हटाएको भन्दै बिरोध जनाएका छन् । उनिहरुले जारी गरेको बिज्ञप्तीमा भनिएको छ–‘नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्षहरु लगायत देशभरका पत्रकारहरुको आग्रहपछि यस अघिको सरकारले नेपाल पत्रकार महासंघको गौरवशाली इतिहाससँग जोडेर यसका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्ने निर्णय गरी बजेट बक्तव्यमा घोषणा भई सार्वभौम संसदले समेत पारित गरिसकेको अबस्थामा बर्तमान सरकारका सूचना तथा संचार मन्त्रीस्तरिय निर्णयबाट नाम परिवर्तन गर्दै राष्ट्रिय आमसंचार प्रतिष्ठान गठनको लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा सहमति लिन प्रस्ताव पठाएको बिषय प्रति हाम्रो गंम्भिर ध्यानाकर्षण भएको छ ।’ उनिहरुले बिज्ञीतीमा कृष्णप्रसाद भट्टराई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष मात्रै नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पण गर्ने एक आर्दशबादी राजनेता भएको र ब्रम्हलिन भइसकेका यस्ता व्यक्तित्वको नाम हटाउने निर्णयले नेपाल पत्रकार महासंघको गौरवशाली इतिहास र लोकतन्त्रका लागि जीवन समर्पण गर्ने एक राजनेताको अपमान समेत भएकाले यस प्रकारको निर्णयको घोर भत्र्सना गर्दै अविलम्व यस्तो प्रस्ताव फिर्ता लिन सरकारसँग जोडदार माग गरिएको छ । सार्थै बिज्ञप्तीमा प्रतिष्ठानबाट भट्टराईको नाम हटाउन नेपाल पत्रकार महासंघको नेतृत्वले मद्धत पुर्याउने र प्रेरित गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघको नेतृत्वलाई समेत जोडेर आइरहेका समाचार तथा सार्वजनिक टिका टिप्पणीले महासंघको अहिलेसम्म जोगिएको साझा चरित्र सहितको मर्यादित छवीमा गंम्भिर आघात पुगेकोमा आफुहरु चिन्तित भएको उल्लेख छ । बिज्ञप्तीमा भनिएको छ– ‘पत्रकार महासंघको विधानमा नै स्थापना दिवस २०१२ साल चैत्र १६ गते उल्लेख छ । त्यस बखत महासंघका अध्यक्ष कृष्ण प्रसाद भट्टराई रहनु भएको सबैलाई अवगत भएकै बिषय हो । यो इतिहासलाई मेटाउने गरी अनावश्यक प्रचारवाजी हुनु दुखद पक्ष हो । महासंघको छवीमा आघात पुग्ने गरी संस्थापक अध्यक्षको नाम हटाउन मद्धत पुर्याएको वा भूमिका निर्वाह गरेको सन्दर्भलाई स्पष्ट पार्दै सरकारी गलत निर्णय बिरुद्ध सघर्षमा उत्रन र नेपाल पत्रकार महासंघको गौरवशाली इतिहास तथा साझा चरित्र सहितको छवी जोगाउन महासंघका केन्द्रीय अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु एवं देशभरका सबै पत्रकार साथीहरुलाई हार्दिक अपिल गर्दर्छौ ।’ आमसंचार प्रतिष्ठानबाट भट्टराईको नाम हटाएको बिषयमा महासंघ बिभाजित काठमाडौं । सरकारले राष्ट्रिय आम संचार प्रतिष्ठानबाट नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाम हटाएको बिषयमा नेपाल पत्रकार महासंघको नेतृत्व बिभाजित भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले सरकारको सो कदमका बिरुद्धमा आवाज उठाउन अस्वीकार गरेपछि महासंघका उपाध्यक्ष अनिता बिन्दुको नेतृत्वमा ५ जनाले सरकारको सो कदमको बिरोध गर्दै बिज्ञप्ती निकालेका छन् । उपाध्यक्ष अनिता बिन्दु सहित केन्द्रीय सदस्यहरु माधव दुलाल, प्रकाश तिमिल्सिना, शितल महतो र लेखा समिति सदस्य रन्जना पौडेलले सरकारले राष्ट्रिय आम संचार प्रतिष्ठानबाट भट्टराईको नाम हटाएको भन्दै बिरोध जनाएका छन् । उनिहरुले जारी गरेको बिज्ञप्तीमा भनिएको छ–‘नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्षहरु लगायत देशभरका पत्रकारहरुको आग्रहपछि यस अघिको सरकारले नेपाल पत्रकार महासंघको गौरवशाली इतिहाससँग जोडेर यसका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाममा राष्ट्रिय आमसंचार प्रतिष्ठान गठन गर्ने निर्णय गरी बजेट बक्तव्यमा घोषणा भई सार्वभौम संसदले समेत पारित गरिसकेको अबस्थामा बर्तमान सरकारका सूचना तथा संचार मन्त्रीस्तरिय निर्णयबाट नाम परिवर्तन गर्दै राष्ट्रिय आमसंचार प्रतिष्ठान गठनको लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा सहमति लिन प्रस्ताव पठाएको बिषय प्रति हाम्रो गंम्भिर ध्यानाकर्षण भएको छ ।’ उनिहरुले बिज्ञीतीमा कृष्णप्रसाद भट्टराई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष मात्रै नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, लोकतन्त्रका लागि सम्पूर्ण जीवन समर्पण गर्ने एक आर्दशबादी राजनेता भएको र ब्रम्हलिन भइसकेका यस्ता व्यक्तित्वको नाम हटाउने निर्णयले नेपाल पत्रकार महासंघको गौरवशाली इतिहास र लोकतन्त्रका लागि जीवन समर्पण गर्ने एक राजनेताको अपमान समेत भएकाले यस प्रकारको निर्णयको घोर भत्र्सना गर्दै अविलम्व यस्तो प्रस्ताव फिर्ता लिन सरकारसँग जोडदार माग गरिएको छ । सार्थै बिज्ञप्तीमा प्रतिष्ठानबाट भट्टराईको नाम हटाउन नेपाल पत्रकार महासंघको नेतृत्वले मद्धत पुर्याउने र प्रेरित गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघको नेतृत्वलाई समेत जोडेर आइरहेका समाचार तथा सार्वजनिक टिका टिप्पणीले महासंघको अहिलेसम्म जोगिएको साझा चरित्र सहितको मर्यादित छवीमा गंम्भिर आघात पुगेकोमा आफुहरु चिन्तित भएको उल्लेख छ । बिज्ञप्तीमा भनिएको छ– ‘पत्रकार महासंघको विधानमा नै स्थापना दिवस २०१२ साल चैत्र १६ गते उल्लेख छ । त्यस बखत महासंघका अध्यक्ष कृष्ण प्रसाद भट्टराई रहनु भएको सबैलाई अवगत भएकै बिषय हो । यो इतिहासलाई मेटाउने गरी अनावश्यक प्रचारवाजी हुनु दुखद पक्ष हो । महासंघको छवीमा आघात पुग्ने गरी संस्थापक अध्यक्षको नाम हटाउन मद्धत पुर्याएको वा भूमिका निर्वाह गरेको सन्दर्भलाई स्पष्ट पार्दै सरकारी गलत निर्णय बिरुद्ध सघर्षमा उत्रन र नेपाल पत्रकार महासंघको गौरवशाली इतिहास तथा साझा चरित्र सहितको छवी जोगाउन महासंघका केन्द्रीय अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु एवं देशभरका सबै पत्रकार साथीहरुलाई हार्दिक अपिल गर्दर्छौ ।’