नवनियुक्त मे.सु.द्वय ढकाल र गुप्तालाई फार्मेसी संघमा सम्मान

237

नवनियुक्त मे.सु.द्वय ढकाल र गुप्तालाई फार्मेसी संघमा सम्मान

नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकाल र भिम अस्पताल भैरहवाकी नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. सकुन्तला गुप्तालाई बधाई तथा शुभकामना प्रदान गरेको छ । संघले शुक्रबार बुटवलमा कार्यक्रमको आयोजना गरी मेडिकल सुपरिटेन्डेण्ट द्वय ढकाल र गुप्तालाई सम्मान सहित बधाई तथा शुभकामना प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण ढकालले नेपाल फार्मेसी संघले जहाँ औषधी त्यहाँ फर्मासिष्टको मुद्धा उठाएको जानकारी गराउँदै औषधी जस्तो संवेदनशिल विषयमा संघले उठाएको मुद्धालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेण्ट ढकाल र भिम अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट गुप्ताले अस्पतालमा फार्मेसीसंघसंग मिलेर कामगर्ने प्रतिवद्धता व्यक्त गर्दै समस्या भए मिलेर समाधान खोज्न सकिने भनाई राख्नुभएको थियो ।
संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा संघकी केन्द्रीय उपाध्यक्ष डा. मिना भट्ट, रुपन्देही जिल्ला उपाध्यक्ष चोकलाल सापकोटाले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका महासचिव उदयबहादुर खत्रीको सञ्चालनमा भएको थियो ।