बुटवलको वेस्टर्न मेगा कलेजमा एकहप्ते होटल व्यवस्थापन तालिम सम्पन्न

1.3K

बुटवलको वेस्टर्न मेगा कलेजमा एकहप्ते होटल व्यवस्थापन तालिम सम्पन्न

बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेको नेपालकै पहिलो स्कुटल वेस्टर्न मेगा कलेजमा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई एक हप्ते निःशुल्क होटल व्यवस्थापन (हस्पिटालिटी) तालिम प्रदान गरिएको छ ।
उक्त एक सात दिने तालिम आईतबार सकिएको हो । वेकरी एण्ड किचन र बरिष्टा एण्ड फूड एण्ड वेभरेज तालिममा रुपन्देही र नवलपरासीका समेत गरी ५७ जना सहभागि थियो । उनीहरुलाई दुई समुहमा विभाजन गरेर तालिम प्रदान गरिएको थियो । तालिम समापनसंगै उनीहरुलाई आईतबार नै प्रमाण पत्र प्रदान गरिएको छ ।
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीको खाली समयको सदुपयोग गराउनको लागि तालिम प्रदान गरिएको कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले जानकारी गराउनु भयो ।
विद्यार्थीले लिने शिक्षालाई सीपसंग जोड्न सकियो भने शिक्षासंगै रोजगारीको समेत अवसर सिर्जना हुने भएकाले विद्यार्थीलाई सीपयुक्त शिक्षामा अग्रसर गराउन निशुल्क तालिम सञ्चालन गरिएको बताउनु भयो । यसले उनीहरुलाई शिक्षासंगै नयाँ सीप र ज्ञान हासिल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
तालिम कलेजका शिक्षक विकास खत्री र सुमन आचार्यको संयोजनमा भएको थियो । यो कलेजमा स्नातक तहमा वि.एच.एम र स्नाकोत्तर तहमा एम.बि.ए. अध्ययन हुन्छ । कलेजमा नयाँ शैक्षिक सत्र वर्ष २०८१ को लागि भर्ना खुलेको पनि कलेजले जानकारी गराएको छ ।