बुटवलमा वैदेशिक शिक्षाका विषयमा ‘टि-टक’ गरिँदै

21

बुटवलमा वैदेशिक शिक्षाका विषयमा ‘टि-टक’ गरिँदै

रोयल एजुकेशनल फाउण्डेसनले बुटवलमा ‘चिया टक’ कार्यक्रम गर्ने भएको छ । वैदेशिक शिक्षा सम्बन्धी परामर्श प्रदान गर्दै आएको फाउण्डेशनको बुटवलस्थित शाखाले बुटवलको ट्राफिकमा रहेको चियावालामा कार्यक्रमको आयोजना गर्न लागेको हो ।
भोली विहिबार हुने कार्यक्रममा वैदेशिक शिक्षासम्बन्धी विभिन्न विषयमा छलफल, परामर्श, मनोरञ्जनात्मक गतिविधि एवम उपहारको समेत व्यवस्था गरिएको आयोजक रोयल एजुकेशनलले जनाएको छ ।
वैदेशिक शिक्षा र भाषा परीक्षा तयारीका सम्बन्धमा महत्वपूर्ण परामर्शहरू प्रदान गर्नुका साथै विशेषज्ञहरुबाट परामर्श एवम् आकर्षक गतिविधिमा सहभागी हुने अवसर पनि कार्यक्रमले प्रदान गर्ने छ । कार्यक्रम भोली असार २७ गते साँझ ४ देखि ७ बजेसम्म हुनेछ ।